

-
सोमबार बिहानै ललितपुर जाउलाखेलमा ट्राफिक प्रहरीको विषेश चेक थियो, प्रहरी निगरानीमा थिए विद्यालय तथा कलेजका विद्यार्थी बोक्ने सवारी । केही समयदेखि विद्यार्थी बोक्ने गाडी दुर्घटना पर्ने क्रम बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको हो । अधिकांश दुर्घटना चालकको लापरवाही र मादक पदार्थ सेवनका कारण हुने गरेका छन् । पछिल्लोपटक गत बुधबार लाजिम्पाटको बेस्ट मन्टेश्वरी स्कुलका ११ वर्षीय बालक आयुष्मान दाहालको मृत्यु भयो । साँघुरो गल्लीमा बस राखिएको र चालकले लापरवाहीपूर्वक अगाडि बढाउँदा रुखमा ठोक्किएर दाहालको अनाहकमा ज्यान गयो । विद्यालय र तिनका चालकको संवेदनहीनता र गैरजिम्मेवारीको पराकाष्टा हो यो । यतिमात्रै होइन, मादक पदार्थ सेवन गरेरसमेत स्कुल बस चलाउने गरेका पाइन्छन् । तीन महिनामा मात्रै मापसे गरेर स्कुल तथा कलेजका गाडी चलाउने ३७ चालक कारबाहीमा परेका छन् । क्षमताभन्दा बढी विद्यार्थी राख्ने १० र अन्य लापरवाही गर्ने १ सय २३ चालक कारबाहीमा परेको तथ्यांकले विद्यालयको गाडीबाटै विद्यार्थी असुरक्षित रहेको प्रष्ट पार्छ ।
सरकारले विद्यार्थी बोक्ने सवारीको रंग पहेंलो हुनुपर्ने, विद्यार्थीको सुरक्षाका लागि झ्यालमा बार लगाउनु पर्ने लगायतका मापदण्ड नै तोकेको छ । तर पालना गर्न न स्कुल सञ्चालकले ध्यान दिए, न चालकले । पछिल्लो तीन वर्षमा विद्यार्थी बोकेका ६९ वटा सवारी दुर्घटनामा २३ जनाको ज्यान गयो भने १ सय १० जना घाईते भए । देशैभर निजी विद्यालयका २५ हजार सवारी चल्छन । तिनले आफना विद्यार्थीको सुरक्षाका लागि मापदण्डसमेत पालना गरेका छैनन् ।
कतिपय विद्यालयले रुटमा चल्ने सामान्य र पुराना बसलाई समेत विद्यार्थी बोक्न प्रयोग गरेका छन् । त्यस्ता बस प्रयोग गर्दा आफना बालवालिका कति सुरक्षित छन् भनेर अभिभावकसमेत सचेत नभएको देखिन्छ ।
बालबालिकाहरु विद्यालय हाताभित्र र आफैं चढ्ने गाडीमा असुरक्षित हुनु सामान्य विषय होइन । त्यसैले यसमा अभिभावक त सचेत हुनुपर्छ नै, विद्यालय व्यवस्थापन सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ । सरकारी निकायले पनि निगरानी गर्दै दोषीलाई कारबाही गर्नेसम्मका संयन्त्र प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २२, २०७९

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



