

-
काठमाडौं : रसिया र युक्रेनबिच युद्ध भइरहेको आज १३ दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै रसियाले आक्रमण सुरु गरेको थियो। रसियाली सेना र युक्रेनी सेना र नागरिकबिच अहिले विभिन्न स्थानमा लडाइँ भइरहेको छ।
लाखौं मानिसले युक्रेन छाडिसक्दा अझै लाखौं युक्रेनबाट पलायन हुने तयारीमा छन्। युद्धग्रस्त युक्रेनमा रहेका आआफना नागरिकहरुको उद्धार गर्न विभिन्न देश खटिएको छ। भारतले पनि ‘अपरेशन गंगा’ नाम दिएर नै युक्रेनबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन अभियान चलाइरहेको छ।
संयुक्त राष्ट्र संघमा युक्रेनको पक्षमा नखुलेपछि भारत आलोचित बन्दै आएको छ। यस्तै, युक्रेनमा रहेका भारतीयहरु असुरक्षित भएको भन्दै नरेन्द्र मोदी सरकारको नीतिमाथि प्रश्न उठिरहेको छ।
यसबिच युक्रेनको सुमाइ क्षेत्रबाट भारतले आफ्ना सबै नागरिकलाई उद्धार गरेको जनाएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार १२ वटा बसमा भारतीय नारिकहरुलाई पोल्टाभा क्षेत्र लगिँदैछ।
भारत सरकारले आफ्ना नागरिकसहित सुमाइ क्षेत्रमा रहेका केही बंगालादेशी र नेपाली नागरिकलाई समेत उद्धार गरी बसबाटै पोलटाभा लगेको छ। नेपाल सरकारले युक्रेनमा रहेका नेपालीहरुलाई सकेसम्म छिटो सीमा क्षेत्रमा जान पहिलै देखि आग्रह गर्दै आएको छ। बर्लिनस्थित नेपाली दूतावासले हालसम्म ५११ जना नेपाली सीमावर्ती मुलुकमा स्थानान्तरण भएको जनाएको छ।
भारतले अन्य क्षेत्रमा पनि उद्धारकार्य जारी रहने बताएको छ।
News Desk 0 response मङ्लबार, फाल्गुन २४, २०७८

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



