

-
रुस र युक्रेनबीच आज बुधवार दोस्रो चरणको वार्ता हुने भएको छ । यसअघि अस्ति सोमवार भएको पहिलो चरणको वार्ताबाट कुनै निष्कर्ष निस्कन सकेको थिएन । तर शान्ति वार्तालाई कायमै राख्नका लागि आज अर्को चरणको छलफल हुन गइरहेको रुसको समाचार संस्था तासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
‘हाम्रो प्रतिनिधिमण्डल वार्तालाई जारी राख्न तयार छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभएको छ । वार्तामा रुसको नेतृत्व राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने उल्लेख छ । तर दुवै पक्ष आफ्नो अडानमै रहेकाले यो वार्ताबाट पनि धेरै कुराको परिवर्तनको अपेक्षा नरहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेष्टोभिचले बताएको खबरमा उल्लेख छ ।
रुसले युद्धविराम गरेर आफ्नो भूमिबाट सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान छ, युक्रेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन ९नेटो० र युरोपेली युनियनको सदस्य नबन्ने कुराको ग्यारेन्टी गरेमा मात्रै आक्रमण रोक्ने रुसले अडान लिएको छ ।
यसैबीच रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा लगातार आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् । त्यहाँका कैँयौँ सरकारी भवनहरूलाई निसाना बनाइएको र खार्किभमा रहेको नगर परिषद्को भवनमा रुसले क्रुज मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १८, २०७८

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



