

-
काठमाडौं ।
राष्ट्रपति कार्यालयले आफ्नो नियुक्तबारे गरेको त्रुटि सच्याएपछि मात्रै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए र त्यसपछि चार मन्त्री समेत नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका छन् ।
सर्वोच्च अदालतले २९ गते संसद पुनस्र्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई साँझ ५ बजेसम्म नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले तोकेको समय सकिन एक घण्टा बाँकी छँदा राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको सूचना जारी गरेको थियो ।
सर्वोच्च अदालतको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको भए पनि संविधानको कुन धाराअनुसार जनाइएको थिएन । त्यसमा देउवाले आपत्ति जनाए र संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान लिएपछि पूर्व निर्धारित समय ६ बजे शपथ समारोह सुरु हुन सकेको थिएन ।
झण्डै दुई घण्टा छलफल भएपछि राष्ट्रपति कार्यालय सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्दै त्रुटि सच्याउन तयार भयो ।
त्यसपछि मात्रै देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।
नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफ्नै दल नेपाली काँग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेका छन् । यसका साथै नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री नियुक्त भएका छन् । चारै मन्त्रीले राष्ट्रपति समक्ष शपथ लिएका छन् ।
News Desk 0 response बुधबार, असार ३०, २०७८

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


