

-
काठमाडौं ।
राष्ट्रपति कार्यालयले आफ्नो नियुक्तबारे गरेको त्रुटि सच्याएपछि मात्रै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए र त्यसपछि चार मन्त्री समेत नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका छन् ।
सर्वोच्च अदालतले २९ गते संसद पुनस्र्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई साँझ ५ बजेसम्म नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले तोकेको समय सकिन एक घण्टा बाँकी छँदा राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको सूचना जारी गरेको थियो ।
सर्वोच्च अदालतको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको भए पनि संविधानको कुन धाराअनुसार जनाइएको थिएन । त्यसमा देउवाले आपत्ति जनाए र संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान लिएपछि पूर्व निर्धारित समय ६ बजे शपथ समारोह सुरु हुन सकेको थिएन ।
झण्डै दुई घण्टा छलफल भएपछि राष्ट्रपति कार्यालय सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्दै त्रुटि सच्याउन तयार भयो ।
त्यसपछि मात्रै देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।
नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफ्नै दल नेपाली काँग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेका छन् । यसका साथै नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री नियुक्त भएका छन् । चारै मन्त्रीले राष्ट्रपति समक्ष शपथ लिएका छन् ।
News Desk 0 response बुधबार, असार ३०, २०७८

सम्बन्धित शीर्षकहरु
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



