

-
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।
ती प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्ध माग गरिएको थियो । कविता र निबन्ध दुवै विधातर्फ प्रथमतर्फ रु ५० हजार, द्वितीयतर्फ रु ४० हजार र तृतीयतर्फ रु ३० हजार र प्रमाणपत्र पुरस्कार रहेको सदस्य सचिव प्रा उपाध्यायले जानकारी दिए । कार्यक्रमको नेपाल एकेडेमी फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७

सम्बन्धित शीर्षकहरु
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



