

-
आधिकारिक ट्रेड युनियनको चुनाव हुन्छ त ? भन्ने प्रश्न उठाउँदै नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहनकुमार घिमिरेले यो समय चुनावका लागि उपयुक्त नभएको जिकिर गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष रहेका घिमिरेले यही अवस्थामा चुनाव भए दुर्घटना हुने दावी गरेका छन् ।
उनी भन्छन्-
आधिकारिक ट्रेड युनियनको चुनाव आवश्यक हो तर तोकिएको विधि , पद्धति , अवस्था र मितिमा आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुहुदैन र हुदैन ।
यदि भयो भने के हुन्छ ?
दुर्घटना हुन्छ ।
के गर्ने त ?
(छलफल , बहस , आन्तरिक संगठन निर्माण , गुनासा सम्बोधन , संगठनभित्र एकमाना एकता , संगठन एकीकरण गर्ने कार्य गर्ने ।
अहिलेको आवश्यकता चुनाव हो ?राज्यको पनि होइन हाम्रोपनि होइन । यो हुनु हुदैन ।
News Desk 0 response शुक्रबार, अशोज २, २०७७
कहिले गर्ने नि चुनाव कि गर्दै नगर्ने त ?
चुनाव नगरी ट्रेड युनियन ब्यावस्थापन हुदैन तसर्थ चुनाव आवश्यक छ तर यो समयमा होइन । यो जनताका गुनासा सम्बोधन गर्ने बेला हो कोभिडको यस माहामारीमा कर्मचारीको चुनाव लोक हसाउने मेलो मात्रै हो । सेवा प्रवाहको क्रममा राष्ट्रसेवकले ज्यानै गुमाउनु परेको छ श्रद्धाञ्जली र समवेदना ब्याक्त गर्ने बेला हो यो चुनावी मातम मच्चाउने होइन ।
कहिले गर्ने त चुनाव ?
कोभिडको समस्या न्यून भएपछि । संघीय निजामती सेवा ऐन र प्रदेश ऐन र स्थानीय ऐन प्राप्त गरि सबै कर्मचारीको बृती बिकास सुनिस्चित भएपछि । कर्मचारी समायोजनमा कर्मचारीका गुनासो सम्बोधन भएपछि, आधिकारिक ट्रेड युनियन निर्वाचनमा मतदाता र पद्धतिमा सहमति भएपछि । समायोजनमा ट्रेड युनियनले आम कर्मचारीको सामुहिक हितमा भुमिका खेल्न नसकि ब्यक्तिगत स्वार्थमा लिप्त रहेका कारण गुमाउन पुगेको शाख र नैराश्यता लाई चिर्ने वातावरण तयार भएपछि । सहकार्य गर्न सकिने र बिचार मिल्ने ट्रेड युनियन सग कार्यगत एकता सम्पन्न भएपछि ।
नेतृत्वका बारेमा ?
हो , हिजो जुन ढंगले हामीले नेतृत्व छनौट गरेउ तेसको समिक्षा हुनुपर्यो उसले सम्बोधन गरेका कार्यभारको मुल्यांकन गरिनु पर्यो । निर्वाचन पछिको नेतृत्व अगाडि नसारी चुनाव हुनुको कुनै अर्थ छैन ।
के गर्ने त ?
चुनावलाई केही समय सार्न खबरदारी र दवाब सृजना गर्दै संगठन भित्र र बाहिरको एकमाना एकता कायम गर्ने । आधिकारिक ट्रेड युनियन निर्वाचनमा संगठनलाई सर्बोकृष्ट बनाउन थप कृयाशिल रहने ।

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



