

-
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गर्ने तयारी भएको छ । विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए । त्यसैबेलादेखि प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीको एक दिन पशुपति क्षेत्रमा रथयात्रा गर्ने गरिएको हो ।
यस वर्ष धेरै जना जम्मा भएर रथयात्रा गर्न कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने खतरा भएकाले विधि भने पूरा गरिँदैछ । यसका लागि शनिबार बिहान मूल भट्टको आदेश लिएर मूर्ति बाहिर निकालिएको छ । अहिले पूजा आजाको विधि भइरहेको छ । बेलुकी गङ्गामाईका पुजारी दिनेश पौडेलले रथमार्गमा हातमै बोकी रथ घुमाउने कार्यक्रम रहेको पनि उनले बताए ।
विगत वर्षमा भने गङ्गामाईलाई रथारोहण गराई हजारौँ मानिसले पशुपति क्षेत्रमा रथयात्रा गराउँथे । यस वर्ष कोभिड–१९ महामारीका कारण भीडभाड गर्नु नहुने भएकाले गुरुज्यूको पल्टन भनिने शार्दुलजङ्ग गुल्म पनि सहभागी नहुने भएको छ । विधिका लागि एक जना प्रतिनिधि भने आउने जनाइएको छ ।
पशुपति गुठी गोश्वारा कार्यालयले आर्यघाट गङ्गामाईको रथयात्रा चलाउने गरेको छ । यात्राका क्रममा मार्गमा स्यावजी छर्ने, फूलमाला वर्षाउने, दक्षिणा चढाउने, यात्रा मार्गमा सम्यवजी वितरण गर्ने लगायत काम हुने जनाइएको छ । यात्रा सकेपछि यसका रकमीलाई प्रसाद वितरणको कार्यक्रम समेत रहेको छ । रथयात्राको पूजा आराधना एवं दर्शन गरेमा रोग नलाग्ने, मानिस स्वस्थ हुने भन्ने जनविश्वास छ ।
News Desk 0 response शनिबार, असार १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



