-
प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुलाई कार्ययोजना निर्माण गर्न अह्राए । प्रधानमन्त्री ओलीको निर्देशनपछि मन्त्रीहरुले योजना निर्माण गरेर कार्यान्वयनमा लागे । तर, सवै मन्त्रीहरुको काम प्रधानमन्त्रीलाई चित्त बुझेन । भौतिक योजना तथा यातायात मन्त्रालयको कामको बारेमा त सार्वजनिकरुपमा नै आलोचना भईरहेको थियो । सो आलोचनालाई मत्थर पार्न तत्कालिन मन्त्री रघुबीर महासेठलाई हटाएर बसन्तकुरमा नेम्वाङलाई जिम्मेवारी दिईएको थियो । जिम्मेवारी पाएसँगै मन्त्री नेम्वाङको कामको प्रशंसा हुन थालेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६
सुधारको प्रयास
दुई वर्षसम्म पनि भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा खास सुधार भएन । प्रधानमन्त्री केपी ओलीले कामबाट परिणाम ल्याउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हटाए । जिम्मेवारी लिएको छोटो समयमा बसन्त नेम्वाङले अघि बढाएको काम र उपत्यकाको सडकमा देखिएको सुधारले आम नागरिकमा आशाको सञ्चार गरेको छ । काम बढी, प्रचार कम भन्ने मान्यताका साथ उनले थालेको अभियानबाट उपत्यकाबासी सरकारप्रति ठूलै आशा गर्ने अवस्थामा पुगेका छन ।
नेम्वाङको काममा फरक अनुभूति गर्ने अन्य थुप्रै सवारी चालकदेखि पैदलयात्री पनि छन् । कामबाटै परिणाम दिएको कारण यतिबेला सडकमा हिड्ने पैदलयात्रीदेखि सवारी चालकसम्मलाई भौतिक पूर्वाधारमन्त्री नेम्वाङप्रति आशा जागेको छ । त्यस कारण पनि सामाजिक सञ्जालमा मन्त्री नेम्वाङलाई राम्रा प्रयासहरु थालेको भन्दै प्रशंसा हुन थालेको हो ।
यो अवधीमा राजधानीका सडकहरुमा व्यापकरुपमा खाल्डाखुल्डी पुरिएको छ । धूलोधूवाँ पनि निकै कम भएको छ । धेरै वर्षदेखि काम नगरेका सडकका ट्राफिक लाइटहरु बल्न थालेका छन । एक वर्षदेखि स्मार्ट लाइसेन्स नपाएकाहरुलाई केही वितरण गरिएको छ । विगतभन्दा केही आशावादी काम भएपछि मन्त्री नेम्वाङलाई हल्ला कम, काम बढी गर्ने मन्त्रीको रुपमा चित्रित पनि गर्न थालेका छन ।
मन्त्री नेम्वाङले मन्त्रालयभित्र पनि सुधारका काम गरेका छन् । सवै कर्मचारी अघिल्लो मन्त्रीको पालामा भन्दा सहज रुपमा काम गर्न पाएको भन्दै उनको योजनामा सघाइरहेका छन ।
यहाँका कर्मचारीहरुका अनुसार मन्त्री नेम्वाङले पारदर्शीरुपमा काम गर्न खोजेको देखिन्छ । मन्त्रालयबीच समन्वय प्रभावकारी भएकोले भौतिक पूर्वाधारका क्षेत्रमा पनि निकै काम अघि बढेका देखिन्छ ।
पूर्व प्रशासकको प्रशंसा
बसन्त नेम्वाङ मन्त्री बनेको केही दिन पछि पूर्वअर्थसचिव रामेश्वर खनालले सामाजिक सञ्जालमा सकारात्मक प्रतिकृया दिए । खनालले नेम्वाङको कामको प्रभाव सडकमा देखिएको भन्दै प्रशंसा पनि गरे । बर्तमान मन्त्रिपरिषदमा राम्रो काम गरेको भन्दै बर्तमान कर्मचारीले पनि मन्त्री नेम्वाङको प्रशंसा गरेका छन् ।
मंसिर ५ मा वसन्तकुमार नेम्वाङले मन्त्रीको रुपमा शपथ लिएका थिए । मन्त्री नेम्वाङले तीन महिना पूरा गरेका छन् । यो अवधिमा उनको नकारात्मक भन्दा सकारात्मक चर्चा भएको छ ।
ट्वीटरमा पूर्वअर्थसचिव रामेश्वर खनालले खनालले लेखेका छन्,‘भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टी्भित्र हुँदाहुँदै, सरकारले शुरुवाती २० महिना खेरा फालेछ । द्रष्टव्यः यो टिप्पणी हाल सड़क सुधारमा भएको कामको बाह्य अवलोकनमा आधारित’ पूर्वअर्थसचिव खनालले भनेजस्तो भौतिक योजना तथा पूर्वाधारमन्त्री नेम्वाङले देखिने गरेर सुधारको प्रयास थालेका छन् । कर्मचारीको सरुवादेखि विकास निर्माणका आयोजनामा यस अघि यो मन्त्रालय बिवादित थियो । विकास निर्माणमा सबैभन्दा ठूलो बजेट हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरकारले जनतालाई विकासको महशुस गराउने मन्त्रालय हो ।
अर्का पूर्वअर्थसचिव शान्तराज सुवेदीले पनि सामाजिक संजाल ट्वीटरमा लेखे,‘अहिलेका भौतिक पूर्वाधार मन्त्रीको कार्य जिम्मेवारी प्रतिको चासो, खटाई एवं सक्रियता हेर्दा केही गर्लान जस्तो छ । यसैगरी अगाडी बढेमा सबै तिरबाट साथ सहयोग पाईने छ । शुभकामना’
मन्त्रालयका कर्मचारीहरुका अनुसार प्रारम्भिक काममा जसरी भौतिक पूर्वाधारमन्त्री नेम्वाङले काम गर्दै छन् त्यसलाई निरन्तरता दिएमा अधुरा आयोजनाहरु पुरा हुने र जनताले विकासको महशुस गर्न सक्ने छन् ।
विगतको भन्दा यो पटक मन्त्रीले फरक तरिकाबाट काम गरेको देखिएको छ,त्यो कर्मचारीको सरुवामा होस् या आयोजनाको अगाडि बढाउने काममा किन नहोस् ।
एक सय दिन नबित्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयमा उनले प्रारम्भिक रुपमा केही राम्रा कामको संकेत गरेका छन् ।तथापि, पार्टी अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीदेखि काम नगर्ने शक्तिशाली ठेकेदारहरुलाई नियमन गर्नु नै उनको चुनौती छ ।
‘लो प्रोफाइल’ जाग्दो आशा
पार्टीमा लो प्रोफाइल बसेर काम गरेका नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ अभियानका प्रमुख खम्बा हुन् । यो वर्ष भौतिकको बजेट साढे १ खर्ब बढी रुपैयाँको बजेट छ । सरकारले हासिल गर्ने आर्थिक बृद्धिदर तथा विकास गतिमा भौतिक पूर्वाधार मन्त्रालयमा भूमिका सबैभन्दा बढी नै हुन्छ ।
मन्त्रीको कुर्सीमा बस्नेबित्तिकै ठूला–ठूला आयोजना र परियोजनामा लोभ्याउने अधिकांश मन्त्रीहरुभन्दा नेम्वाङ केही फरक देखिए । उनले भएकालाई व्यवस्थापन गर्ने बाटो समाएका कारण पनि सकारात्मक देखिएको हो । सडकबत्तीहरु बल्नु, ट्राफिक व्यवस्थापन चुस्त बन्नु, सडकका खाल्टाखुल्टी पुरिनु नेम्वाङका कामको सकारात्मक पाटा हुन् ।
भएका पूर्वाधारको स्तरोन्नति र व्यवस्थापन गर्ने उनको अठोट काममै देखिनथालेको भन्नु जायज देखिन्छ । मन्त्रीको ससाना काममा गएको ध्यानले जनतालाई राहत दिनथालेको छ । आममानिसमा आशा जाग्न थालेको देखिन्छ । सामाजिक सञ्जालमा आउने प्रतिक्रियामा पनि त्यहि झल्किन्छ ।
सडक कालोपत्रे हुनलागेको खबरमा उत्साह जनाउँदै साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले पनि मन्त्रीको प्रशंसा गरेका छन् । जोरपाटी क्षेत्रको सडक सुधारका बिषयमा दीक्षितले ईंगित गरेका छन् ।
गम्भीर घाइते, दीर्घकालीन उपचार गर्नुपर्ने गरी शारिरिक अपांगता भएकाहरु लगायतको उपचार गर्ने नेपाल अर्थोपेडिक हस्पिटल जोरपाटीमैं रहेको हुँदा अस्पतालसम्म जानुपर्ने त्यस्ता व्यक्तिहरुको आवतजावतलाई जीर्ण बाटोले वर्षौंदेखि निकै सकसपूर्ण बनाएको र मन्त्रीको सुधारको कामले केही सहजता दिलाएको उनको भनाई छ । नयाँ काम भन्दा पनि भएको चिजको ब्यवस्थापन आवश्यक हुने उदाहरणको रुपमा मन्त्री नेम्वाङ परेका छन् । त्यसोत व्यवस्थापनको पाटो पनि उत्तिकै महत्वपूर्ण हो ।
साना कुरामा राम्रोसँग ध्यान दिन सकेमा पनि धेरै कुरा सुध्रिँदै जाने निश्चित पनि हो । यस्तै योजनामा मन्त्री रहेको उनको कामले बताउँछ ।
सहजता जनताको चाहना
सहज सवारी आवागमनदेखि पैदल र साइकल यात्रुमैत्रीसम्म मात्र नभई सवारीसाधनले सहजता खोजेका छन् । साथै यस्ता चिजले वातावरणमा पारेको प्रभावसम्म ख्याल गरेर काम गरेको धेरै ठूला परियोजनाको आवश्यतानै पर्दैन ।
सुरक्षित रुपमा हिँड्न पाउने नागरिकको आधारभूत हक हो । रातको समयमा सहरमा हिँड्न सडक बत्ति नहुनु दुखद बिषय हो । ती बत्ती पनि बलनु पर्छ । यात्रुको सुरक्षा ग्यारेन्टी हुनु पर्छ ।
कुनै पनि कुराको परिणाम देखिनको लागि मन्त्रीको निर्देशन मात्रै दिँदा काम हुँदैन । मन्त्रालयमा बसेर ठूला–ठूला कुरा गर्नुभन्दा भएका कुरालाई व्यवस्थित गर्दै लानुपर्ने उदाहरण मन्त्रीको कामले देखाएको छ । हिजो भएको पूर्वाधारलाई राम्ररी व्यवस्थित गर्न सकेमात्र पनि राम्रो नतिजा देखिन सक्छ ।
प्राथमिकताका काम
बिभिन्न समयमा मन्त्री नेम्वाङले ब्यक्त गरेको चाहना हेर्ने हो भने पनि धेरै ठूला योजना छैनन् । एक तहको कालोपत्रे पहिलो प्राथमिता देखिएको छ । गाडी जाम हुने स्थानमा फ्लाई ओभरको आवश्यकता हुन्छ र यस तर्फ सामान्य काम मात्र भएपनि राम्रो प्रभाव पर्ने छ । साथै सरकारले रेल सञ्चालन गर्ने योजना बनाएको छ र यो पनि मन्त्री नेम्वाङकै काममा पर्दछ । यो काम भएमा मात्र पनि मन्त्रीको कामको सकारात्मक प्रभाव पर्ने छ । नेपालमा रेल गुड्छ भन्दा उडाउने वा हाँस्नलाई गतिलो जवाफ यो काम गरेमात्र पनि हुनेछ ।
विकास निर्माणको लागि बजेट विनियोजनभन्दा पनि परियोजना कार्यान्वयनमा समस्या छ । एकै पटक धेरै योजना सुरु गर्ने परिपाटीले समस्या पारेको हो । यसलाई पनि चिर्नु पर्ने आवश्यकता छ । त्यसोत विज्ञको सुझाव र मन्त्रीको कार्यशैलीमा पनि तालमेल मिल्ने संकेत देखिनथालेको छ ।
अन्त्यमा,
नेपालमा सवैभन्दा धेरै सडक समस्या छ । सडक समस्या समाधानका लागि मन्त्रीले ठूला परयोजना भन्दा पनि नीतिगत निर्णय र भौतिक सुधार गर्नु आवश्यक छ । राष्ट्रिय राजमार्ग मर्मतसम्भार सुधार हुनुपर्छ । सडक दुर्घटनामा धेरै नेपालीहरुको ज्यान गइरहेको छ । पक्की गरेर मात्रै सडक सुरक्षा हुँदैन । त्यसको लागि ट्राफिक लाइट राख्ने, ट्राफिक संकेत राख्ने र सडकको स्तरोन्नतिमा ध्यान दिनुपर्छ । नेपालमा नयाँ सडक बनाउनुभन्दा पनि भएकालाई स्तरोन्नति गर्ने, दूरी घटाउने, घुम्ती भएको ठाउँ र पहिरो जाने ठाउँमा सुरुङ बनाउने योजनाका साथ अघि बढ्नुपर्छ ।
– जनप्रशासन पाक्षिकबाट
सम्बन्धित शीर्षकहरु
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र आगामी योजना
शनिबार, पुस २०, २०८१अचेलका प्राध्यापकहरू
बुधबार, अशोज १६, २०८१“अग्रता आरक्षणले होइन चेतनाले ल्याउँछ”
शुक्रबार, साउन २५, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१