-
काठमाडौँ । वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टलाई प्रगतिशील लेखक सङ्घ र विभिन्न ८४ सङ्घसंस्थाले गर्ने अभिनन्दन कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार आयोजना गर्न लागिएको कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । भट्टलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मान गर्नुहुने छ ।
सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले साहित्य, शिक्षा र राजनीतिक क्षेत्रमा भट्टले गर्नुभएका कामले मुलुकको सामाजिक रूपान्तरणमा निकै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भट्टको गौरवशाली विगतबाट समाजले लाभ लिइरहेकाले सम्मान गर्न उचित ठानिएको बताउनुभयो ।
भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयका कृति प्रकाशित छन् । उहाँका फुटकर लेख, रचना, अन्तरर्वार्ता, चिट्ठीपत्र र दैनिकी पनि प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा र बेलायतको लन्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर भट्टले काठमाडौँको विश्वनिकेतन हाइस्कूलमा विसं २०१४ देखि २०१६ सम्म, धनकुटा डिग्री कलेजमा २०१६ देखि २०१८ सम्म र महेन्द्र डिग्री कलेज धरानमा २०१९ देखि २०२२ सम्म शिक्षण गर्नुभएको थियो ।
उहाँ विसं २०२२ देखि २०३० सम्म वीरेन्द्र इन्टर कलेज चितवनमा प्रिन्सिपल हुनुभएको थियो । विसं २०३० साउनदेखि २०४५ सम्म त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपप्राध्यापक र उपनिर्देशक उहाँले २०४५ पछि त्रिवि अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गर्नुभएको थियो । हाल उहाँ अल्जाइमर रोगका कारण कर्मशील जीवनबाट अलग्गिनुभएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २२, २०७६
सम्बन्धित शीर्षकहरु
कविता- “म”
बिहिबार, अशोज ३, २०८१गायक प्रकाश तिमिल्सिनाको निधन
आइतवार, साउन २७, २०८१मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर
सोमवार, माघ २२, २०८०दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको याक्षी टुँडाल न्युयोर्कमा
मङ्लबार, अशोज २३, २०८०-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१