

-
चितवन । पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित भएको छ । सामाजिक यथार्थवादी विषयवस्तु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भँुडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो । अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो । “हामी एक हप्ताभित्रै बजारमा ल्याउने गरी गृहकार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
‘कुमाता’मा सङ्ग्रहित दश कथा फरकफरक विषयवस्तुका छन् । कथाले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरेको कथाकार पराजुलीले जानकारी दिनुभयो । “कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छरछिमेक र समाजमा भएका घटनाजस्ता लाग्छन्, त्यसैले यो सङ्ग्रहभित्रको कथा हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भन्नुभयो । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।
वरिष्ठ सहित्यकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथासङ्ग्रहमा भूमिका लेख्दै मानवीय जीवनका महत्वपूर्ण पाटालाई गतिलोसँग केलाउन कथाकार सक्षम देखिएको बताउनुभएको छ । उहाँ लेख्नुहुन्छ, “अधिकांश कथामा पुरुष वैदेशिक रोजगारीमा गएको, विश्वासघात गरेको देखाइएको छ भने नारी पात्रले छिटो विश्वास गर्ने गरेको, धोका पाएको र यौनकुण्ठा देखाइएका छन् ।” विषयवस्तु र परिवेशलाई सहज एवं सम्प्रेषणीय बनाइएकाले पराजुलीको उक्त सङ्ग्रह आधुनिक नेपाली कथा क्षेत्रमा नयाँ गोरेटो बनेको उहाँले बताउनुभयो । कूल १० कथा र ११२ पृष्ठको उक्त सङ्ग्रहको मूल्य रु २०० छ । पराजुली झण्डै दुई दशकदेखि ‘गोरखापत्र’ दैनिकमा आबद्ध हुनुहुन्छ भने त्यसभन्दा बढी समयदेखि स्थानीय ‘चितवन पोष्ट’ दैनिकमा कार्यरत हुनुहुन्छ । पराजुलीले राष्ट्रिय र स्थानीयपत्र पत्रिकामा समय सन्दर्भअनुसारका विषयवस्तुमा लेख लेख्दै आउनुभएको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



