

-
दमौली । तनहुँको दमौलीमा हुन लागेको दोस्रो राष्ट्रिय साहित्य सम्मेलनका लागि देशभरबाट २३७ कविता प्राप्त भएको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा फागुन २४, २५ र २६ गते हुन लागेको राष्ट्रिय साहित्य सम्मेलनका लागि देशका विभिन्न जिल्लाबाट २३७ कविता प्राप्त भएको हो ।
प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले फागुन १४ गतेभित्र कविता आइपुग्नुपर्ने अन्तिम मिति तोकिएकामा विभिन्न जिल्लाका साहित्यकारले कविता पठाएको जानकारी दिनुभयो । अधिकारीका अनुसार प्राप्त भएका कविताहरु विज्ञ समितिले मूल्याङ्कन गरी साहित्य सम्मेलनका लागि छनोट गर्नेछन् ।
“प्राप्त भएका कवितालाई उत्कृष्टताका आधारमा साहित्य सम्मेलनमा प्रस्तुत गर्ने गरी छनोट गरिनेछ”, अधिकारीले भन्नुभयो, “प्राप्त कवितामध्ये बढीमा ६० वटासम्म कविता छनोट हुनेछन् ।” छनोट भएका कविता साहित्यकारले स्वयं उपस्थित भएर वाचन गर्नुपर्नेछ । पुरस्कृत कविता र वाचनका लागि छनोट भएका उत्कृष्ट ३० वटा कविता प्रतिष्ठानको स्मारिकामा पनि प्रकाशन गरिनेछ । मौलिक कविता गद्यपद्य १५० शब्दसम्मको हुनुपर्नेछ ।
प्रतिष्ठानले साहित्य सम्मेलनको प्रचारप्रसार र तयारीलाई तीव्ररुपमा सञ्चालन गरिरहेको छ । भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै साहित्यिक जागरणका लागि राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताएको छ । “नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जिल्ला भए पनि यहाँ साहित्यिक कार्यक्रम निकै कम हुने गरेको छ”, अधिकारीले भन्नुभयो, “साहित्यक जागरण ल्याउने उद्देश्यसहित कार्यक्रम गर्न लागेका हौँ ।”
सम्मेलनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५५ हजार, ४० हजार र २५ हजार प्रदान गरिनेछ भने सान्त्वना हुनेछ जनालाई नगद रु १०÷१० हजार प्रदान गरिने आयोजकले जनाएको छ । साहित्य सम्मेलन सम्पन्न गर्न प्रतिष्ठानका अध्यक्ष अधिकारीको संयोजकत्वमा १२१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।
यसअघि वाङ्मयले विसं २०५३ फागुन १ गते दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा बागलुङका साहित्यकार भूपिन व्याकुलको ‘नदीहरु मान्छे जस्ता हुँदैनन्’ कविता प्रथम हुन सफल भएको थियो । सम्मेलनमा रु २१ लाख खर्च हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक समुन्द्र गोदारले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पनि आर्थिक सहयोगका लागि अनुरोध गरिएको छ । सम्मेलनबाट बचेको रकमबाट अक्षयकोष स्थापना गर्ने सोच राखिएको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



