![](https://janaprashasan.com/wp-content/uploads/2022/11/nmb-1200-120.gif)
![](https://janaprashasan.com/wp-content/uploads/2024/01/1200-x-100-_digital-sansar.gif)
-
जनकपुरधाम । मिथिलास्थित सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माणको थालनी गरिएको छ । सोका लागि समस्त देवीदेवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने भवनको नक्सा तयार गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माणको शिलान्याससमेत भइसकेको सो केन्द्रको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने योजना रहेको छ । मैथिल ब्राह्मण महासभाद्वारा निर्माण भइरहेको सो केन्द्रको भवन छ तलाको हुने महासभाका अध्यक्ष भगवान् झाले बताउनुभयो ।
उहाँका अनुसार केन्द्रको पहिलो तल्लामा सभागृह, दोस्रो तल्लामा देवलोक र तेस्रो तल्लामा मिथिला सङ्ग्रहालय रहनेछ । त्यस्तै भवनको चौथो तलामा पुस्तकालय, सङ्गोष्ठी कक्ष र पाँचौँ एवं छैटौँ तला आवासीय हुने बताइएको छ । रु ११ करोडको लागतमा निर्माण हुने सो केन्द्रको भवनका निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले रु पाँच लाख रकम उपलब्ध गराउने र बाँकी रकम चन्दाबाट सङ्कलन गरिनेछ ।
अध्यक्ष झाका अनुसार सो केन्द्रको सञ्चालनबाट प्राप्त आम्दानीले हरेक वर्ष सबै समुदायका गरिब छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने योजना रहेको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०७६
![](https://i1.wp.com/janaprashasan.com/wp-content/uploads/2021/02/Health-Kosh-_-Final.gif)
![](https://janaprashasan.com/wp-content/uploads/2020/01/GP__Koirala__gif__Final-1.gif)
सम्बन्धित शीर्षकहरु
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१