-
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को स्थापना दिवसका अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ ।प्रतिष्ठानको निर्णयानुसार आगामी वैशाख २ गतेदेखि १०औँ शृङ्खलाको ललितकला प्रदर्शनी हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनी तीन हप्तासम्म चल्ने नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले जानकारी दिनुभयो । प्रदर्शनीमा ५०० कलाकृति सहभागी गराउने लक्ष्यअनुरूप चित्र सङ्कलन थालिएको उहाँले बताउनुभयो ।
प्रदर्शनीका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा ६५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र विधागत तयारीका लागि सात उपसमितिले काम थालेको प्रचारप्रसार उपसमितिका संयोजक सुष्माराज भण्डारीले बताउनुभयो । प्रदर्शनीका क्रममा प्रदर्शनीमा सहभागी चित्रबाट विभिन्न विधाका उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने तथा कलालेखन र ललितकला पुरस्कार वितरण गरिने जनाइएको छ ।
प्रदर्शनीका लागि कलाकृति मगाइएको भए पनि नआइपुगेकाले यही फागुन २० गतेसम्मका लागि म्याद थपिएको नाफाले जानकारी दिएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न नाफाले पहिलो पटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७७ निर्माण गर्दैछ ।
प्रदर्शनीका क्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । परम्परागत चित्रकला र मूर्तिकला, आधुनिक चित्रकला र मूर्तिकला, हस्तकला÷शिल्पकला, लोककला, वास्तुकला तथा सिर्जनात्मक कला विधामा राष्ट्रिय र विशेष पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त विधाअन्तर्गत राष्ट्रिय पुरस्कारको राशि रु ६० हजार र विशेष पुरस्कारको राशि रु २५ हजार रहेको छ । राष्ट्रिय पुरस्कार आठ जनालाई र विशेष पुरस्कार १६ जनालाई प्रदान गरिनेछ ।
यस्तै रु २५/२५ हजार राशिको राष्ट्रिय ललितकला लेखन पुरस्कार र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारसमेत सोही क्रममा वितरण हुने कुलपति कर्माचार्यले जानकारी दिनुभयो । कलाका पाँच विधामध्ये सातै प्रदेशका सातै जना कलाकारलाई जनही रु २५ हजार राशिको पुरस्कार वितरण हुने जनाइएको छ ।
कला क्षेत्रमा विशिष्ट योगदान गरेबापत दुई जनालाई दिइने राष्ट्रिय अरनिको सम्मान घोषणा गर्न भने बाँकी रहेको जनाइएको छ । यसपटक ललितकला प्रदर्शनीमा रु ३५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको जनाइएको छ । प्रदर्शनीको तयारी तीव्ररूपमा भइरहेको नाफाले जनाएको छ । प्रदर्शनीका साथै कार्यक्रम अवधिमा आर्ट टक, आर्ट डेमोस्ट्रेसन, कला पुस्तक प्रदर्शनी, अन्तरक्रिया र कला कार्यशाला आयोजना गरिने भएको छ । रासस
News Desk 0 response आइतवार, फाल्गुन ११, २०७६
सम्बन्धित शीर्षकहरु
कविता- “म”
बिहिबार, अशोज ३, २०८१गायक प्रकाश तिमिल्सिनाको निधन
आइतवार, साउन २७, २०८१मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर
सोमवार, माघ २२, २०८०दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको याक्षी टुँडाल न्युयोर्कमा
मङ्लबार, अशोज २३, २०८०-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१