

-
पोखरा । गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत गर्ने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका साथ यहाँका चर्चित गजलकारलाई एकसाथ उभ्याउने तयारी भएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो ।
‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं. २०५९ मा यहाँ सो सस्था स्थापित भएको थियो । उहाँले यसपटकको विशेष अवसरमा पूर्वअध्यक्षहरूले संयुक्त गजल वाचन गर्नुहुने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष दिलीप दोषीका साथमा दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षत्री, उदीपराज ढुङ्गाना, विर्सना बस्नेत र अमृत सुवेदीले पाँच /पाँच गजल प्रस्तुत गर्नुहुनेछ ।
नेपाली गजलको उत्थानमा क्रियाशील संस्थाले नियमित गजल वाचनका साथै विभिन्न विचार गोष्ठी, गजल प्रशिक्षण कार्यशाला,संयुक्त गजल सङ्ग्रह प्रकाशन लगायत गतविधि सञ्चालन गर्दै आएको छ । संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन र तेस्रो शनिबार नवनीत साहित्य सागरसँगको संयुक्त आयोजनामा ‘अक्षरयात्रा’ कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आइरहेको संस्थाका सचिव त्रुपकले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन ७, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



