

-
काठमाडौँ । राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घको अध्यक्षमा रिमबहादुर खत्री निर्वाचित हुनुभएको छ । सङ्घको आज सम्पन्न दोस्रो अधिवेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा दलमान गुरुङ, उपाध्यक्षमा शङ्कर गुरागाईं, दीपसागर थापा, प्रकाश कटवाल, महिला उपाध्यक्षमा माया गुरुङ, महासचिव गुणराज खनाल, सचिव भीम श्रेष्ठ, कोषाध्यक्ष नवराज पाण्डे र सहकोषाध्यक्षमा सविन पौडेल रहनुभएको छ । यस्तै सदस्यमा कमल विसी, नवीन बानियाँ, चरित्र विष्ट, दिलु सलामी र नीरा गुरुङ निर्वाचित हुनुभएको छ ।
सो अवसरमा नेपाली काँग्रेसका नेता एवं सांसद भीमसेनदास प्रधानले दोहोरी साँझलाई मर्यादित पेशाका रूपमा विकास गर्दै लैजानुपर्ने बताउनुभयो । “एक्काइस वर्ष उमेर समूहभन्दा कम उमेरका व्यक्तिलाई दोहोरी क्षेत्रमा प्रतिबन्ध गर्ने गरी सरकारले कानून बनाएर लागू गर्नुपर्छ”, उहाँले भन्नुभयो । पूर्वरक्षामन्त्रीसमेत रहनुभएका प्रधानले राष्ट्रिय पहिचानका रूपमा लोकदोहोरी क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले मुलुकको आर्थिक मेरुदण्डका रूपमा दोहोरी व्यवसाय भएकाले दर्ता गरेरमात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो । सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष राकेश सिंहले विकृति, विसङ्गतिमुक्त बसपार्क निर्माणका लागि दोहोरी साँझको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
सङ्घका अध्यक्ष चूडाबहादुर कार्कीले लोकदोहोरी क्षेत्रमा रहेका समस्या समाधान गर्दै सङ्घलाई सम्मानित पेशा बनाउनका लागि सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । विसं २०६९ मा स्थापना भएको सङ्घमा हाल काठमाडौँका ५० व्यवसायी आबद्ध रहेको संस्थापक अध्यक्ष हिक्मत शेरचनले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



