-
काठमाडौँ । ललितकलाका कलाकारले साप्ताहिकरुपमा ‘मुहार चित्र’ बनाउने अभियान शुरुआत गरेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा आजदेखि थालिएको अभियानअन्तर्गत कुनै व्यक्तिको प्रत्यक्ष मुहार हेरेर चित्र बनाइन्छ ।
अभियानको पहिलो दिन आज कलाकारले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यको मुहार चित्र बनाएका थिए । स्थलगत मुहार चित्रकला कार्यशालामा कलाकार एनवी गुरुङ, लालकाजी लामा, दीपेन्द्रमान बनेपाली, भीम श्रेष्ठ, डिराम पाल्पाली, लालकाजी लामा, बाबु साहिला, कान्छाकाजी भासिमा, विनोद गुप्तालगायतको सहभागिता थियो ।
स्वयं कलाकारमा मुहार चित्र (पोट्रेट) बनाउने सीपको विकास गर्नुका साथै यसलाई व्यवसायीकरण गर्ने उद्देश्यअनुरुप जलरङका माध्यामबाट उक्त अभियान थालिएको आयोजकले जनाएका छन् ।
विशेष गरी कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तिलाई अगाडि राखेर प्रत्यक्षरुपमा चित्र बनाइने समाजका अध्यक्ष एनवी गुरुङले जानकारी दिनुभयो । चित्रकारिताकै चुनौतीपूर्ण विधा भएकाले र यसप्रति नेपालमा कलाकारको उत्साह कम रहेकाले अभियानका माध्यामबाट उक्त विधालाई अगाडि ल्याउने प्रयास समाजको रहेको उहाँले बताउनुभयो ।
नेपालमा मुहार चित्र बनाउने कलाकार न्यून छ । अन्य विधामा चित्र बनाउने कलाकारले कहिलेकाहीँ मागअनुसार मुहार चित्र बनाउने गरेको बताउँदै प्रतिष्ठानका कुलपति कर्माचार्यले अभियानले मुहार चित्रकलाको माहोल सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पश्चिमा मुलुकमा निकै फस्टाएको मुहार चित्र बनाउने विधा नेपालमा गौण छ । यसअघि नेपालमा विभिन्न स्थानमा पुगेर प्रत्यक्षरुपमा दृष्य चित्र बनाउन गरिए पनि मुहार चित्रको विषयमा नियमित अभियान चलेको छैन । अहिलेको अभियानले कलाकारलाई उत्साह बढाउने विश्वास लिइएको प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य रमेशनाथ खनालले बताउनुभयो । उहाँले कलाकारको आफ्नै प्रयास कमजोर भएकाले मुहार चित्र बनाउने कलाको व्यवसायीकरण हुन नसकेको जानकारी दिनुभयो ।
अर्का सदस्य लालकाजी लामाले मुहार चित्र बनाउन कलाकार अग्रसर नभइरहेको अवस्थामा आइडब्लुएसले अभियान शुरु गर्नु महत्वपूर्ण उपलब्धि रहेको र यसलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस
News Desk 0 response शनिबार, फाल्गुन ३, २०७६
सम्बन्धित शीर्षकहरु
कविता- “म”
बिहिबार, अशोज ३, २०८१गायक प्रकाश तिमिल्सिनाको निधन
आइतवार, साउन २७, २०८१मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर
सोमवार, माघ २२, २०८०दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको याक्षी टुँडाल न्युयोर्कमा
मङ्लबार, अशोज २३, २०८०-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१