

-
काठमाडौँ । ललितकलाका कलाकारले साप्ताहिकरुपमा ‘मुहार चित्र’ बनाउने अभियान शुरुआत गरेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा आजदेखि थालिएको अभियानअन्तर्गत कुनै व्यक्तिको प्रत्यक्ष मुहार हेरेर चित्र बनाइन्छ ।
अभियानको पहिलो दिन आज कलाकारले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यको मुहार चित्र बनाएका थिए । स्थलगत मुहार चित्रकला कार्यशालामा कलाकार एनवी गुरुङ, लालकाजी लामा, दीपेन्द्रमान बनेपाली, भीम श्रेष्ठ, डिराम पाल्पाली, लालकाजी लामा, बाबु साहिला, कान्छाकाजी भासिमा, विनोद गुप्तालगायतको सहभागिता थियो ।
स्वयं कलाकारमा मुहार चित्र (पोट्रेट) बनाउने सीपको विकास गर्नुका साथै यसलाई व्यवसायीकरण गर्ने उद्देश्यअनुरुप जलरङका माध्यामबाट उक्त अभियान थालिएको आयोजकले जनाएका छन् ।
विशेष गरी कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तिलाई अगाडि राखेर प्रत्यक्षरुपमा चित्र बनाइने समाजका अध्यक्ष एनवी गुरुङले जानकारी दिनुभयो । चित्रकारिताकै चुनौतीपूर्ण विधा भएकाले र यसप्रति नेपालमा कलाकारको उत्साह कम रहेकाले अभियानका माध्यामबाट उक्त विधालाई अगाडि ल्याउने प्रयास समाजको रहेको उहाँले बताउनुभयो ।
नेपालमा मुहार चित्र बनाउने कलाकार न्यून छ । अन्य विधामा चित्र बनाउने कलाकारले कहिलेकाहीँ मागअनुसार मुहार चित्र बनाउने गरेको बताउँदै प्रतिष्ठानका कुलपति कर्माचार्यले अभियानले मुहार चित्रकलाको माहोल सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पश्चिमा मुलुकमा निकै फस्टाएको मुहार चित्र बनाउने विधा नेपालमा गौण छ । यसअघि नेपालमा विभिन्न स्थानमा पुगेर प्रत्यक्षरुपमा दृष्य चित्र बनाउन गरिए पनि मुहार चित्रको विषयमा नियमित अभियान चलेको छैन । अहिलेको अभियानले कलाकारलाई उत्साह बढाउने विश्वास लिइएको प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य रमेशनाथ खनालले बताउनुभयो । उहाँले कलाकारको आफ्नै प्रयास कमजोर भएकाले मुहार चित्र बनाउने कलाको व्यवसायीकरण हुन नसकेको जानकारी दिनुभयो ।
अर्का सदस्य लालकाजी लामाले मुहार चित्र बनाउन कलाकार अग्रसर नभइरहेको अवस्थामा आइडब्लुएसले अभियान शुरु गर्नु महत्वपूर्ण उपलब्धि रहेको र यसलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस
News Desk 0 response शनिबार, फाल्गुन ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



