

-
पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत २१ गते मञ्चको तेस्रो स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता गर्ने भएको छ । मञ्चको पोखरामा सम्पन्न बैठकले कविता प्रतियोगितासहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।
बैठकले कविता प्रतियोगिता सम्पन्न गर्न कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष तमू रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ । मञ्चका सल्लाहकार योगेश गुरुङद्वारा स्थापित अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी यस वर्षदेखि मञ्चले कविता प्रतियोगिता आयोजना गर्न लागेको र प्रतियोगितामा भाग लिनेले इन्टरनेटको माध्यमबाट आफूले रचना गरेको कविता आयोजकलाई पठाउन सकिने जनाइएको छ । तमू कविहरूले मात्र भाग लिन पाउने उक्त प्रतियोगिताका लागि प्राप्त कवितामध्येबाट प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु तीन हजार प्रदान गरिने छ । रासस
News Desk 0 response आइतवार, माघ ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



