

-
पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत २१ गते मञ्चको तेस्रो स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता गर्ने भएको छ । मञ्चको पोखरामा सम्पन्न बैठकले कविता प्रतियोगितासहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।
बैठकले कविता प्रतियोगिता सम्पन्न गर्न कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष तमू रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ । मञ्चका सल्लाहकार योगेश गुरुङद्वारा स्थापित अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी यस वर्षदेखि मञ्चले कविता प्रतियोगिता आयोजना गर्न लागेको र प्रतियोगितामा भाग लिनेले इन्टरनेटको माध्यमबाट आफूले रचना गरेको कविता आयोजकलाई पठाउन सकिने जनाइएको छ । तमू कविहरूले मात्र भाग लिन पाउने उक्त प्रतियोगिताका लागि प्राप्त कवितामध्येबाट प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु तीन हजार प्रदान गरिने छ । रासस
News Desk 0 response आइतवार, माघ ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१