

-
भक्तपुर । भक्तपुरमा ३५० वर्षअघि अर्थात् नेपाल संवत् विसं ७८७ भन्दा अघिबाट शुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दानपर्व भव्यरूपमा मनाइएको छ । पाँच दीपकङ्रसहित अन्य स्वर्ण दीपङ्करका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराइ भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराइ मनाइने सम्यक दानपर्व यहाँका बौद्ध धर्मावलम्बीले आज दिनभरि नै भव्यरूपमा यो पर्व मनाउने गर्दछन् ।
चतुब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेक वर्ष माघ १ गते मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक दानमा परम्परागतरूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न दक्षिणा दिइएको थियो । भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका वौद्ध धर्मावलम्बीले दान गरेको सम्यक महादान व्यवस्थापन समितिका देवचन्द्र बज्राचार्यले बताउनुभयो ।
भक्तपुरमा रहेको प्रमुख पाँच दीपङ्कर बुद्धको प्रतिमूर्तिलाई वर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक दान पर्वका दिन पाँच दीपङ्कर बुद्धका प्रतिमूर्ति विराजमान गराइएको उहाँले बताउनुभयो । काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुइँख्याल, ललितपुरमा पाँच वर्षमा एकपटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमितरुपमा यो पर्व मनाउँदै आएको छ ।
भक्तपुरमा प्रत्येक वर्ष नःपुखु (गुह्य पोखरी) को पश्चिम थथुवहिको परिसरमा रहेको भुइँख्यल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको राजुमान बज्राचार्यले बताउनुभयो । धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने तथा भिक्षादान परम्परा रहेको उहाँले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१