

-
नवलपुर । धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढा–टाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै यहाँ आएका छन् ।
माघे सङ्क्रान्तिका दिनदेखि कुम्भ स्नानसमेत शुरु हुने कारणले देवघाटधाममा स्नानका लागि तीर्थालुको भीड लाग्ने गर्दछ । धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघे सङ्क्रान्ति स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।
देवघाट आउने तीर्थालुलाई मध्यनजर गर्दै यहाँ पर्याप्त मात्रामा पानी, बत्ती तथा शौचालयको व्यवस्था गरिएको उहाँले बताउनुभयो । माघे सङ्क्रान्ति स्नानका लागि देवघाटधाममा धेरै भक्तजन आउने भएकाले व्यवस्थापनका लागि देवघाट क्षेत्र विकास समितिले करीब एक महिना अगाडिदेखि तयारी थालेको थियो । तीर्थालुलाई लक्षित गर्दै विभिन्न स्थानमा धुनी तथा निःशुल्करूपमा चियाको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।
स्थानीय प्रशासन, सरकारी निकाय, विभिन्न सङ्घसंस्था सबैको पहलमा देवघाट जाने बाटोघाटो निर्माणदेखि सुरक्षा व्यवस्था चुस्त बनाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । देवघाटको वेणी सङ्गमस्थलमा त्रिशूली नदीतर्फ गहिरो भएकाले यहाँ विशेष सावधानी अपनाउँदै काली गण्डकीतर्फ मात्रै नुहाउने व्यवस्था गरिएको घिमिरेले बताउनुभयो । स्नानघाटलाई सुरक्षित पार्नका लागि डोरीले सुरक्षा घेरा निर्माण गरिएको छ ।
चितवन र तनहुँ जोड्नका लागि देवघाटमा झोलुङ्गे पुल भएको भए पनि त्यहाँ अत्यधिक भीड हुने कारणले नदी तर्नका लागि ¥याफ्टिङ डुङ्गाको समेत व्यवस्था गरिएको छ । चितवनतर्फको किनारबाट देवघाटको वेणी सङ्गमस्थलसम्म पुग्नका लागि करीब ४० डुङ्गा सञ्चालन गरिएका घिमिरेले जानकारी दिनुभयो । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोर प्रहरी तथा नेपाली सेनाको उद्धार टोलीसमेत देवघाटमा परिचालन गरिएको छ । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१