

-
नवलपुर । धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढा–टाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै यहाँ आएका छन् ।
माघे सङ्क्रान्तिका दिनदेखि कुम्भ स्नानसमेत शुरु हुने कारणले देवघाटधाममा स्नानका लागि तीर्थालुको भीड लाग्ने गर्दछ । धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघे सङ्क्रान्ति स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।
देवघाट आउने तीर्थालुलाई मध्यनजर गर्दै यहाँ पर्याप्त मात्रामा पानी, बत्ती तथा शौचालयको व्यवस्था गरिएको उहाँले बताउनुभयो । माघे सङ्क्रान्ति स्नानका लागि देवघाटधाममा धेरै भक्तजन आउने भएकाले व्यवस्थापनका लागि देवघाट क्षेत्र विकास समितिले करीब एक महिना अगाडिदेखि तयारी थालेको थियो । तीर्थालुलाई लक्षित गर्दै विभिन्न स्थानमा धुनी तथा निःशुल्करूपमा चियाको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।
स्थानीय प्रशासन, सरकारी निकाय, विभिन्न सङ्घसंस्था सबैको पहलमा देवघाट जाने बाटोघाटो निर्माणदेखि सुरक्षा व्यवस्था चुस्त बनाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । देवघाटको वेणी सङ्गमस्थलमा त्रिशूली नदीतर्फ गहिरो भएकाले यहाँ विशेष सावधानी अपनाउँदै काली गण्डकीतर्फ मात्रै नुहाउने व्यवस्था गरिएको घिमिरेले बताउनुभयो । स्नानघाटलाई सुरक्षित पार्नका लागि डोरीले सुरक्षा घेरा निर्माण गरिएको छ ।
चितवन र तनहुँ जोड्नका लागि देवघाटमा झोलुङ्गे पुल भएको भए पनि त्यहाँ अत्यधिक भीड हुने कारणले नदी तर्नका लागि ¥याफ्टिङ डुङ्गाको समेत व्यवस्था गरिएको छ । चितवनतर्फको किनारबाट देवघाटको वेणी सङ्गमस्थलसम्म पुग्नका लागि करीब ४० डुङ्गा सञ्चालन गरिएका घिमिरेले जानकारी दिनुभयो । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोर प्रहरी तथा नेपाली सेनाको उद्धार टोलीसमेत देवघाटमा परिचालन गरिएको छ । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



