

-
गाईघाट । उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणीधाममा परम्पराकालदेखि हरेक वर्ष माघे सङ्क्रान्तिदेखि सञ्चालन हुने पन्ध्र दिने त्रिवेणी मेला यस वर्षको आज माघ १ गतेबाट औपचारिकरूपमा शुरु भएको छ ।
कटारीको कमला नदीस्थित त्रिवेणीधाममा आजबाट सुरु भएको मेला यही माघ १५ गतेसम्म लाग्ने मेला व्यवस्थापन समितिका अध्यक्ष केदार धमलाले बताउनुभयो । मेलामा मुख्य गरेर त्रिवेणीधाममा दर्शन गर्न आउने र मेलाका लागि आउने आगन्तुकका लागि विभिन्न ४०० व्यापारिक कक्ष, होटल, सुरक्षा व्यवस्थासमेत प्रबन्ध गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाउने, पूजा तथा आरधना गर्ने, कमलेश्वर शिव महादेवको दर्शन गर्ने गरेका कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठ बताउनुहुन्छ । मनले चिताएको कुरा पूरा हुने र शरीरका विभिन्न रोगकष्ट तथा चर्मरोग अन्त्य हुने जनविश्वासका साथ त्रिवेणीधाममा मकर नुहाउने तथा कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने र कमलेश्वर महादेव मन्दिरमा दूध चढाएर पूूजा गर्ने प्रचलन रहँदै आएको त्रिवेणीका हेमप्रसाद दाहाल बताउनुहुन्छ ।
पन्ध्र दिनभित्र सात लाखभन्दा बढी भक्तजनले दर्शन तथा पूजा आरधना गर्ने गरेका मेला व्यवस्थापन समितिका पदाधिकारी बताउनुहुन्छ । त्रिवेणीधाममा उदयपुरबाहेक प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, प्रदेश नं २ का सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, काभ्रे, सिन्धुली, सोलखुम्बुु, ओखलढुङ्गासहित राजधानी काठमाडाँैबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । यस्तै भारतको बिहार, पश्चिमबङ्गाल, लार्जिलिङ, सिक्किम र कालिम्पोङबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिले जनाएको छ । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



