

-
गाईघाट । उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणीधाममा परम्पराकालदेखि हरेक वर्ष माघे सङ्क्रान्तिदेखि सञ्चालन हुने पन्ध्र दिने त्रिवेणी मेला यस वर्षको आज माघ १ गतेबाट औपचारिकरूपमा शुरु भएको छ ।
कटारीको कमला नदीस्थित त्रिवेणीधाममा आजबाट सुरु भएको मेला यही माघ १५ गतेसम्म लाग्ने मेला व्यवस्थापन समितिका अध्यक्ष केदार धमलाले बताउनुभयो । मेलामा मुख्य गरेर त्रिवेणीधाममा दर्शन गर्न आउने र मेलाका लागि आउने आगन्तुकका लागि विभिन्न ४०० व्यापारिक कक्ष, होटल, सुरक्षा व्यवस्थासमेत प्रबन्ध गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाउने, पूजा तथा आरधना गर्ने, कमलेश्वर शिव महादेवको दर्शन गर्ने गरेका कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठ बताउनुहुन्छ । मनले चिताएको कुरा पूरा हुने र शरीरका विभिन्न रोगकष्ट तथा चर्मरोग अन्त्य हुने जनविश्वासका साथ त्रिवेणीधाममा मकर नुहाउने तथा कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने र कमलेश्वर महादेव मन्दिरमा दूध चढाएर पूूजा गर्ने प्रचलन रहँदै आएको त्रिवेणीका हेमप्रसाद दाहाल बताउनुहुन्छ ।
पन्ध्र दिनभित्र सात लाखभन्दा बढी भक्तजनले दर्शन तथा पूजा आरधना गर्ने गरेका मेला व्यवस्थापन समितिका पदाधिकारी बताउनुहुन्छ । त्रिवेणीधाममा उदयपुरबाहेक प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, प्रदेश नं २ का सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, काभ्रे, सिन्धुली, सोलखुम्बुु, ओखलढुङ्गासहित राजधानी काठमाडाँैबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । यस्तै भारतको बिहार, पश्चिमबङ्गाल, लार्जिलिङ, सिक्किम र कालिम्पोङबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिले जनाएको छ । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१