

-
काठमाडौँ । यस वर्षको ‘भद्रकुमारी घले व्यक्तित्व पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।
यसैगरी यो वर्षको ‘भद्रकुमारी घले कृतित्व पुरस्कार’ साहित्यकारद्वय काजी रोशन र शेरबहादुर गुरुङ तथा पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । सोही पुरस्कार साहित्यकार आनन्ददेव भट्ट, सुशीला भट्ट र सुनिता गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
त्यसैगरी यस वर्षको ‘भद्रकुमारी घले साहित्य पुरस्कार’ साहित्यकार तथा समाजसेवी गीता कार्की, सरस्वती जोशी, विमाया तामाङ, गोमा कटवाल तथा पशुपति गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।
कार्यक्रममा पत्रकार भगवती बस्नेत, रचना श्रेष्ठ, राजेश खनाल, उषा लोहनी, सपना थामी र अरुणा खत्री ललीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।
भद्रकुमारी घले सेवा सदनले प्रा वासुदेव त्रिपाठी, राजेन्द्र सुवेदी, कविता आले, उर्मिला डङ्गोल, युवराज गुरुङ र सुचित्रा श्रेष्ठलगायतलाई पनि अनिनन्दन गरेको छ ।
भद्रकुमारी घले सेवा सदनको १६ औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा यहाँ आज आयोजित ‘पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उहाँहरुलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा मन्त्री गुरुङले भद्रकुमारी घले सेवा सदनले गरिरहेको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा सरकारले त्यसको मूल्याङ्कन गरी सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
खरिदारको सरुवा फागुनसम्म रोकियो
मङ्लबार, मंसिर १२, २०८०