

-
पाल्पा । पाल्पाको तानसेनमा मगर जातिको खाना तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । पाल्पामा मगर जातिकोे बाहुल्यता छ । मगर जातिको मौलिक खानापान तथा सांस्कृतिक पक्षको झल्को मेटाउने गरी शुक्रबार महोत्सवको आयोजना गरिएको हो ।
देश–विदेशमा रही काम गर्दा मगरी कला संस्कृति हराउँदै जान थालेपछि आफ्नै कला, संस्कृति संरक्षण गर्न महोत्सव आयोना गरिएको हो । नेपाल मगर सङ्घ पाल्पाले गरेको सो महोत्सवमा मगर जातिका मौलिक खानाले आन्तरिक पर्यटकको मन लोभ्याएको थियो । आन्तरिक पर्यटकको आगमन बढाउने र मगरी कला संस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी भएको आयोजकको दाबी छ ।
महोत्सवमा मगरी खानाका परिकार अचार, तरुल, सखरखण्ड, सुगुरको मासुलगायतका स्वादमा मानिस झुम्मिए । ठूलो नाच हेर्न गाउँघरका मानिस पनि तानसेन आएका थिए ।
महिला पुरुषले मगरी संस्कृतिको पहिचान झल्काएको पोशाक निकै आकर्षक थियो । ती पोशाकले पर्यटकलाई लोभ्याएको थियो । माघे सङ्क्रान्तिको पूर्व नै मगर समुदायको मौलिक कला संस्कृतिक संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष तेजबहादुर घर्तीमगर र सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह थापाले जानकारी दिनुभयो । मगर समुदाय भाषा, कला संस्कृतिमा धनी जाति रहेको छ । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
बुधबार, मंसिर २०, २०८० -
अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले भेटे
बुधबार, मंसिर २०, २०८० -
नवलपरासीमा धान उत्पादन बढ्यो
बुधबार, मंसिर २०, २०८० -
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८०
-
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
बुधबार, मंसिर २०, २०८० -
अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले भेटे
बुधबार, मंसिर २०, २०८० -
नवलपरासीमा धान उत्पादन बढ्यो
बुधबार, मंसिर २०, २०८० -
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०