

-
काठमाडौँ । दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको थियो ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले नेफ्टा अवार्डको घोषणा गरेको हो । दुई वर्षदेखि सो कार्यक्रम आयोजना गर्न सकिएको थिएन । नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार यसअघि नेफ्टाको छैटौँ संस्करण मलेसिय, सातौँ संस्करण कतार, आठौँ संस्करण हङकङ तथा नवौँ संस्करण युनाइटेड अरब इमिरेटस् (युएई)मा आयोजना गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखि कार्यक्रम नेपालमै गर्न लागेको उहाँले बताउनुभयो । नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल ३७ विधा समावेश गरिनेछ ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न चलचित्रकर्मीलाई आग्रह गर्नुभयो । अभिनेताद्वय राजेश हमाल र भुवन केसीले नेपाली चलचित्रमा प्राविधिकले गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा पहिलो नेपाली नायिका भुवन चन्द, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, चलचित्र निर्देशक तुलसी घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रवीन्द्र खड्का, आनन्द कार्कीलगायत उपस्थित हुनुहुन्थ्यो । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८०