

-
मुग्लिन । नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् ।
जसअन्तर्गत गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलामा पर्यटकलाई स्वागत कार्यक्रम आयोजना गरेका थिए ।
पर्यटकलाई स्वागत गर्न विभिन्न सांस्कृतिक झाँकीसहित फूलको माला लिएर बसेको देखेपछि माइक्रो बसमा आएका चिनियाँ पर्यटक स्वतःस्फूर्तरूपमा ओर्लिए । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उनीहरुलाई फूलको माला लगाइदिएर स्वागत गर्नुभयो ।
स्वागतपश्चात् खुशी भएका चिनियाँ पर्यटक ३० मिनेटजति कौडा गीतमा नेपालीसँगै छमछमी नाचे । अध्यक्ष गुरुङले गाउँपालिकाको पर्यटकीयस्थल र यहाँको जनजाति र सीमान्तकृत चेपाङ समुदायका बारेमा जानकारी दिँदै इच्छाकामनामा भ्रमण गर्न आग्रह गर्नुभयो । चिनियाँ पर्यटकले सामूहिक फोटो खिचेर धन्यावाद पनि दिए ।
विभिन्न देशबाट आएका सयौँ पर्यटकलाई स्वागत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियानअन्तर्गत गाउँपालिकाले पर्यटकलाई स्वागत गरिएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ‘भिजिट इच्छाकामना’ अभियान सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समितिसमेत गठन गरिएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



