

-
बागलुङ । ठूलो लगानी र सीप खर्चेर गलकोट क्षेत्रको विविधता झल्कने गरी ‘गलकोट’ वृत्तचित्र निर्माण गरिएको छ । निर्माता ‘युएसबी’ सेवा प्रालिले वृत्तचित्रको ‘टिजर’ र ‘पोस्टर’ शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
कम्पनीका निर्देशक आकाश युएसबी थापाका अनुसार वृत्तचित्रको प्रदर्शन आउँदो चैतमा जापानबाट थालिनेछ । वर्ष दिनको श्रम र मेहिनतपछि वृत्तचित्र तयार भएको उहाँको भनाइ छ । वृत्तचित्र ४० मिनेटको छ । “वृत्तचित्रमा करिब रु ३५ लाख खर्च भयो”, निर्देशक थापाले भन्नुभयो, “देश–विदेशमा च्यारेटी स्वरुप प्रदर्शन गर्ने सोच छ ।”
प्रदर्शनबाट बचेको पैसा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा खर्च गरिनेछ । अध्ययन र पेशाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्षित गरी वृत्तचित्र प्रदर्शन गरिने निर्माण कम्पनीले जनाएको छ । निर्देशक थापालगायतको समूहले एक वर्षअघिदेखि वृत्तचित्र निर्माणको काम शुरु गरेको थियो । ऐतिहासिक, सांस्कृतिक एवं जैविक विविधताले भरिएको गलकोटको समग्र पक्षलाई वृत्तचित्रमार्फत उजागर गर्न खोजिएको छ ।
“गलकोट क्षेत्रको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ”, निर्देशक थापाले भन्नुभयो । गलकोटको बाह्रैमासको विविधता समेट्नका लागि जोखिम मोलेर दृश्य र सामग्री सङ्कलन गर्नुपरेको उहाँको अनुभव छ ।
गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका थापा विदेशबाट फर्केर वृत्तचित्र निर्माण जस्तो सिर्जनशील काममा लाग्नुभएको हो । गलकोटलाई देश–विदेशमा चिनाउनु र पहिचान स्थापित गर्नु आफ्नो उद्देश्य रहेको थापाको भनाइ छ । वृत्तचित्रमा थापाको व्यक्तिगत लगानी छ ।
नेपाल भ्रमण वर्षको प्रर्वद्धनमा समेत वृत्तचित्रले सघाउने विश्वास लिइएको छ । गलकोट क्षेत्रमा पर्यटक भित्र्याउन वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । बाइसे÷चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएका थिए ।
जिल्लाको पुरानो सदरमुकाम पनि गलकोटमा थियो । गलकोट क्षेत्रले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेट्छ । पर्यटकीय लेक घुम्टे, गाईघाटको झरना, गलकोट दरबार, सहस्रधारा आदि गलकोटका गन्तव्यस्थल हुन् । विभिन्न जातजातिका समुदायमा प्रचलित मौलिक कला, संस्कृति र उत्पादनले पनि गलकोट धनी छ । गलकोट बागलुङ सदरमुकामदेखि ४५ किमी दूरीमा पर्छ । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०