

-
बागलुङ । ठूलो लगानी र सीप खर्चेर गलकोट क्षेत्रको विविधता झल्कने गरी ‘गलकोट’ वृत्तचित्र निर्माण गरिएको छ । निर्माता ‘युएसबी’ सेवा प्रालिले वृत्तचित्रको ‘टिजर’ र ‘पोस्टर’ शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
कम्पनीका निर्देशक आकाश युएसबी थापाका अनुसार वृत्तचित्रको प्रदर्शन आउँदो चैतमा जापानबाट थालिनेछ । वर्ष दिनको श्रम र मेहिनतपछि वृत्तचित्र तयार भएको उहाँको भनाइ छ । वृत्तचित्र ४० मिनेटको छ । “वृत्तचित्रमा करिब रु ३५ लाख खर्च भयो”, निर्देशक थापाले भन्नुभयो, “देश–विदेशमा च्यारेटी स्वरुप प्रदर्शन गर्ने सोच छ ।”
प्रदर्शनबाट बचेको पैसा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा खर्च गरिनेछ । अध्ययन र पेशाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्षित गरी वृत्तचित्र प्रदर्शन गरिने निर्माण कम्पनीले जनाएको छ । निर्देशक थापालगायतको समूहले एक वर्षअघिदेखि वृत्तचित्र निर्माणको काम शुरु गरेको थियो । ऐतिहासिक, सांस्कृतिक एवं जैविक विविधताले भरिएको गलकोटको समग्र पक्षलाई वृत्तचित्रमार्फत उजागर गर्न खोजिएको छ ।
“गलकोट क्षेत्रको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ”, निर्देशक थापाले भन्नुभयो । गलकोटको बाह्रैमासको विविधता समेट्नका लागि जोखिम मोलेर दृश्य र सामग्री सङ्कलन गर्नुपरेको उहाँको अनुभव छ ।
गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका थापा विदेशबाट फर्केर वृत्तचित्र निर्माण जस्तो सिर्जनशील काममा लाग्नुभएको हो । गलकोटलाई देश–विदेशमा चिनाउनु र पहिचान स्थापित गर्नु आफ्नो उद्देश्य रहेको थापाको भनाइ छ । वृत्तचित्रमा थापाको व्यक्तिगत लगानी छ ।
नेपाल भ्रमण वर्षको प्रर्वद्धनमा समेत वृत्तचित्रले सघाउने विश्वास लिइएको छ । गलकोट क्षेत्रमा पर्यटक भित्र्याउन वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । बाइसे÷चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएका थिए ।
जिल्लाको पुरानो सदरमुकाम पनि गलकोटमा थियो । गलकोट क्षेत्रले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेट्छ । पर्यटकीय लेक घुम्टे, गाईघाटको झरना, गलकोट दरबार, सहस्रधारा आदि गलकोटका गन्तव्यस्थल हुन् । विभिन्न जातजातिका समुदायमा प्रचलित मौलिक कला, संस्कृति र उत्पादनले पनि गलकोट धनी छ । गलकोट बागलुङ सदरमुकामदेखि ४५ किमी दूरीमा पर्छ । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



