

-
नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव बट्टारस्थित बसपार्क क्षेत्रमा हुनेछ । सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले ११ दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पु-याउने बताउनुभयो ।
सङ्घका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठले नुवाकोटको सम्भावनाका बारेमा विज्ञहरु ल्याएर ‘इन्भेस्टमेन्ट टक’ समेत गरिने बताउनुभयो । सङ्घका प्रवक्ता सबिन राजभण्डारीले महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लामा १२ वटै स्थानीय तहको पहिचानसहितका कक्ष राखिने जानकारी दिनुभयो । महोत्सवमा २४० कक्ष रहनेछ ।सङ्घमा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटमा महोत्सवका कक्ष उपलब्ध गराइने निर्णयसमेत भएको सङ्घले जनाएको छ । महोत्सव सञ्चालनका लागि सङ्घका अध्यक्ष कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल कार्य सञ्चालन समिति र ३० उपसमिति गठन गरिएको सङ्घका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु्भयो । रासस
News Desk 0 response बिहिबार, पुस १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



