

-
धनगढी । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ । एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रुपमा यसलाई लिइने गरिन्छ । डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’लाई विशेष महत्वका रुपमा लिइन्छ ।
आजको रातलाई ‘ठूली रात’ मानेर घरमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा रहीआएको छ । दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेरिन्छ । आजको रात वर्षभरिकै सबैभन्दा लामो रात मानिन्छ ।
छर छिमेक एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूल खाने गरिन्छ । साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार बनाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एवं दन्त्य कथा सुन्ने सुनाउने प्रचलन पनि छ ।
स्थानीय डिल्लीराज भट्टले आज १५ हात लामो दाउराको मुढोको आगो ताप्नुपर्ने र आपसमा हाँसो–ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन रहेको जानकारी दिनुभयो । पर्वको तयारीस्वरुप हरेक घरका गृहेणीले आआफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीबेटीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागत र सत्कार गर्ने गरिन्छ ।
विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको जानकारको भनाइ छ । पर्वको मौलिकपना लोप हुन नदिन सबै सचेत हुन जरुरी देखिन्छ । रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२