

-
काठमाडौँ । नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन् । काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरुले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन् ।
भारतबाट सहभागी ११, बङ्गलादेशबाट १० र नेपालका पाँच कलाकारका ६० भन्दा बढी चित्र प्रदर्शनीका क्रममा उनीहरुले शनिबार ‘कला डेमोस्ट्रेसन’ मार्फत एकअर्कामा सिकाइ हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा उक्त कार्यक्रम भएको थियो । समाजका अध्यक्ष एनवी गुरुङले कुनै पनि चित्र सम्बन्धित देशको प्रतिनिधित्व गर्ने प्रमुख माध्यम हुने भएकाले कलाकारलाई एकअर्काको संस्कृति बुझ्न र सिक्न सजिलो होस् भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत चित्रकला विभाग प्रमखु बुद्धि गुरुङ, कलाकार डिबी राई र दीपेन्द्रमान बनेपाली सहभागी हुनुहुन्थ्यो । भारतबाट अमलेस मजुम्दार र बङ्गलादेशबाट असन अहमद सहभागी हुनुभयो । नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर जलरङमार्फत कला सिर्जना गरेका थिए । भारतबाट मजुम्दारले कल्पनामा आधारित ग्रामीण बस्ती र बङ्गलादेशका अहमदले आफ्नै देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई उतार्नुभएको थियो ।
यसरी सामूहिक चित्रकला कार्यशाला हुँदा नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने र पुराना कलाकारलाई एकअर्कामा अनुभव साटासाटको अवसर मिल्ने कला प्रदर्शनीमा भारतबाट सहभागी कलाकार अङ्कित देवा भौमिकले बताउनुभयो । उहाँले काठमाडौँ कलाका दृष्टिकोणले अति नै सुन्दर भएकाले भारतका कलाकारले पशुपतिमा पुगेर पनि कला सिर्जना गरेको र आज आइतबार नगरकोट र भक्तपुरमा पुगेर चित्र बनाउने प्रतिक्रिया दिनुभयो । केही बङ्गलादेशी कलाकार भने कला सिर्जनाका लागि पोखरा गएका छन् । रासस
News Desk 0 response आइतवार, पुस १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१