
-
काठमाडौँ । ललितकला प्रज्ञा प्रतिष्ठान र प्रिन्ट नेपालको आयोजनामा एकहप्ते कार्यशाला शुरु भएको छ । कार्यशालामा प्रिन्ट कलामा आधारित विभिन्न चित्र निर्माण गर्न लागिएको हो । विगत चार वर्षदेखि हरेक वर्ष कार्यशाला गर्दै आएको संस्थाका अध्यक्ष उषाशङ्कर शाहले बताउनुभयो ।
“यो विज्ञानमा आधारित कला हो”, उहाँले भन्नुभयो, “चित्र मेटलपातामा, कपर जिङ्क, व्रास आइरन, ढुङ्गाको पातामा निर्माण गरिन्छ ।” उहाँले सुनको पाताबाट चित्र निर्माण गर्न शुरु गरिए पनि पछि विभिन्न प्रविधिको विकास भएको बताउनुभयो । चित्र यर्चिङ प्रेस, उड प्रेस, लिथो प्रेसमार्फत प्रकाशित गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यशालमा ४४ ले भाग लिएका छन् । एक सातासम्म निर्माण गरिएका चित्र समापनका दिन प्रदर्शनमा राखिनेछ । “अहिले प्रिन्टकलामा स्नातक र स्नातकोत्तरसम्मको अध्ययन गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “यो पेशाप्रति आकर्षण बढेको देख्दा खुशी लाग्न थालेको छ ।” कलाकारले मानवजीवन, प्रकृति र देवीदेवतासँग सम्बन्धित चित्र तयार पार्दैछन् ।
“प्रिन्टिङ कलाको इतिहास ६० वर्षभन्दा लामो छ, उर्मिला उपाध्यायले फ्रान्समा गई यो विधाको अध्ययन गरेर आएपछि शुरु भएको हो, बीचमा केही समय यो कलाको प्रयोग गर्ने क्रम घट्दै गयो”, उहाँले भन्नुभयो, “विसं २०५३ बाट त्रिभुवन विश्वविद्यालयले यो विधामा पठनपाठन शुरु गरेपछि महत्व बढ्न थालको हो ।” संस्थाका सदस्यचिव भिसनराज भण्डारीले प्रिन्टिङकलाको बजार पनि राम्रो रहेको बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस ५, २०७६


सम्बन्धित शीर्षकहरु

सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य होः प्रम
मङ्लबार, मंसिर ३०, २०७७-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९