

-
काडमाडौँ । कला, संस्कृति, इतिहास, सम्पदा संरक्षण तथा खेलकूदलगायत क्षेत्रको उन्नयमा अतुलनीय योगदान दिएवापत संरक्षणविद् रवीन्द्र पुरी ‘बेबिलोन स्रष्टा सम्मान २०७६’बाट सम्मानित हुनुभएको हो ।
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले बेबिलोन नेशनल विद्यालय शान्तिनगरको २४आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु १५ हजार ५५५ नगदसहित सम्मान गर्नुभयो । यसअघि सो सम्मानबाट राष्ट्रगानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) र शताव्दीपुरुष सत्यमोहन जोशी सम्मानित भइसक्नुभएको छ ।
संरक्षणविद् पुरी काठमाडौँ उपत्यकाका प्राचीन तथा ऐतिहासिक सम्पदा संरक्षण, सामुदायिक विद्यालय निर्माण तथा जीर्णाेद्वारमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले भक्तपुर नगरपालिका वडा नं ३ दत्तात्रयस्थित एवटा घरलाई परम्परागत शैलीमा पुनःनिर्माण गरी ‘नमूना घर’ बनाउनुभएको थियो । सो घरले संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान तथा सांस्कृतिक सङ्गठन (युनेस्को)बाट सन् २००४ मा युनेस्को एशिया प्यासिफिक कल्चर हेरिटेज अवार्ड जित्न सफल भएका थियो ।
कानून, इतिहास, चित्रकला र व्यवस्थापन गरी एकैपटक चार विषयमा स्नातक उत्तीर्ण गरी जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तरमा विश्वविद्यालय प्रथम भएका पुरी, रवीन्द्र पुरी फाउण्डेशनका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । सो अवसरमा विद्यालयका प्राचार्य राजु राईले विद्यालयका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९