

-
पोखरा । पोखरा महापालिका–२३ चापाकोटमा यही मङ्सिर २५ देखि २९ गतेसम्म हुने ‘चापाकोट देउराली सामुदायिक घरवास सांस्कृृतिक महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेल परेका कारण चापाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
पोखराबाट १३ किलोमिटर पश्चिमतर्फ रहेको उक्त ठाउँमा चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक घरवास र पोखरा महानगरपालिका वडा नं २३ ले संयुक्तरूपमा महोत्सव गर्न लागेका हुन् । महोत्सवमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारको लोकदोहोरी तथा हास्य कलाकारको प्रस्तुतिका साथै नौमतीबाजा, भजन चुड्का र रत्यौली प्रतियोगिता गरिने छ ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीलाई क्रमशः रु ३०, २०, १० र पाँच हजार नगदसहित पुरस्कृत गरिने पराजुलीले बताउनुभयो । चापाकोट देउराली सामुदायिक घरवास फेवाताल किनार हुँदै ४५ मिनेटको सडकयात्राबाट पुग्न सकिन्छ । पैदलयात्रा गर्दै जाने हो भने घरवास पुग्न करीब अढाइ घण्टा लाग्छ । प्राकृतिक र सांस्कृतिकरूपमा सम्पन्न भए पनि ओझेल परेका चापाकोट, हर्पन, चैनपुरलगायत क्षेत्रको उचित प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको हो ।
यहाँका २५ घरमा घरवास सञ्चालन गरिएको र सबैमा महोत्सवका बेला पर्यटक बस्ने व्यवस्था मिलाइएको चापाकोट देउराली सामुदायिक घरवासका अध्यक्ष विश्वराज पराजुलीले जानकारी दिनुभयो । तीन सय घर रहेको चापाकोटामा २५ घरमा सञ्चालित घरवासमा करीब १५० पाहुनालाई राख्न सकिने र घरवास विस्तारै थप्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।
महोत्सवबाट रु १५ लाख आम्दानी गर्ने र रु १४ लाख ३० हजार खर्च हुने आयोजकको अनुमान गरिएको छ । बचत रकमबाट भ्यूटावर निर्माण तथा संस्कृति र स्थानीय झरनाको संरक्षणलगायतका काम थालनी गर्ने योजना राखिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सघाउने महोत्सवमा स्थानीय लप्सी, तरुल, दमौरा, महलगायतका स्थानीय उत्पादनका मात्रै कक्ष राखिने आयोजकले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८०
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०