

-
काठमाडौँ । महायान बौद्ध समाज, ज्याठाको आयोजनामा काठमाडौँमा पहिलो पटक महायान बज्रयान दर्शनसम्बन्धी प्रारम्भिक शिक्षा प्रदान गर्ने कार्यको शनिबारदेखि शुरु भएको छ । काठमाडौँको प्रसिद्ध गुणाकर महाविहारमा प्रदान गरिने प्रारम्भिक कक्षामा कूल ३० प्रशिक्षार्थीले महायान बौद्धदर्शनको शिक्षा लिइरहेका छन् । बौद्ध धर्मावलम्बीका अनुसार भगवान् बुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्नु भएपछि त्रिलक्षणको धर्मदेशना गर्नुभएको थियो ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा महायान बौद्धधर्मको विशेष महत्व रहेको छ । काठमाडौँका बज्राचार्य, शाक्य तथा तुलाधर जातिले महायान तथा बज्रयान बौद्धधर्म अङ्गीकार गर्दै आएका छन् । बौद्धविद्वान मञ्जुश्रीरत्न बज्राचार्यले भगवान् बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गर्नुभएपछि खासखास अनुयायीहरूलाई महायान तथा बज्रयानको धर्मदेशना गर्नुभएको जानकारी दिँदै महायानभित्र विशेषगरी मन्त्रयान तथा पारमितायान रहेको उल्लेख गर्नुभयो । उहाँले बज्रयानभित्र दशकर्म संस्कार रहेको र बौद्ध दर्शनका आधारमा बज्राचार्यहरुले परम्परादेखि दशकर्म संस्कार गर्दै आएको जानकारी दिनुभयो ।
बौद्धविद्वान फणिन्द्ररत्न बज्राचार्यले बज्रयान बौद्धधर्मको दीक्षा बज्राचार्य, शाक्य तथा तुलाधरमा सीमित रहेको बताउँदै बज्रयान बौद्धधर्मअनुसार मानिसले अहम् त्याग्नुपर्ने बताउनुभयो । थेरवादमा प्रशस्त मात्रामा पुस्तकहरु पढ्न पाइने तथा गोप्य नरहने भएकाले सबैले पढ्न तथा हेर्न पाइने तर बज्रयानमा दीक्षाहरु गोप्य रहने भएकाले नयाँ युवापिँढीलाई बज्रयान बौद्धदर्शनबारे जानकारी दिन पहिलो पटक कक्षा सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल बज्रयान महासङ्घका अध्यक्ष राजेन्द्रमान बज्राचार्यले महायान बौद्धदर्शनको अध्ययनका लागि प्रारम्भिक कक्षादेखि स्नातकोत्तरसम्म पढ्न चाहने विद्यार्थीका लागि पाठ्यक्रम नै बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । चचा गुरु मणिरत्न बज्राचार्यले नेपालमा दुर्लभ चचा (चर्यागीत) बौद्धदर्शनमा आधारित रहेको बताउँदै बज्रयान बौद्धदर्शनको विशेष महत्व रहेको उल्लेख गर्नुभयो ।
महायान बौद्धधर्मका महिला विदुषी सुमती बज्राचार्यले नयाँ युवापिँढी विदेशतिर लाग्ने र बौद्धधर्ममा कम रुचि राखेकाले यसलाई व्यापक बनाउन यस प्रकारको कार्यक्रम गरेको जानकारी दिनुभयो । उक्त कक्षा आठ सातासम्म चल्ने र कक्षामा प्रशिक्षार्थीहरुलाई निःशुल्क शिक्षा दिने तथा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बज्राचार्यले जानकारी दिनुभयो ।
समाजका सचिव त्रिरत्न बज्राचार्यले बज्रयान दर्शनको शिक्षा लिन युवापिँढीमा उत्साह जागेको र हालसम्म ३० जनाले अध्ययनका लागि नाम दर्ता गरेको जानकारी राससलाई दिनुभयो । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



