

-
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले यही मङ्सिर २१ देखि २३ गतेसम्म मकवानपुरको थाहा नगरपालिका–६ स्थित पालुङ, टिस्टुङ र चित्लाङ भेगलाई समेटेर टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना गर्ने भएको छ ।
प्रतिष्ठानले भ्रमण वर्षमा आउने पर्यटकलाई त्यस क्षेत्रका प्राचीन सम्पदा, पर्यटकीय गन्तव्य तथा स्थानीय बस्तीबारे प्रचार तथा नेपाली चित्रकलाको विकास गर्ने लक्ष्य राखेर उक्त कार्यक्रम गर्न लागेको हो । प्रतिष्ठानले गत वर्ष उक्त नगरपालिका, स्थानीय संस्था, इथ्नोलोजिकल स्टडिज ग्रुप र बज्रबाराही बजार व्यवस्थापन समितिसँग कार्यक्रम आयोजना गर्नका लागि समझदारी गरेको थियो ।
प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य नेतृत्वको वरिष्ठ कलाकार समूह त्यसतर्फ प्रस्थान गरी स्थानीय विषयवस्तुलाई विम्ब बनाएर स्थलगत चित्र सिर्जना गर्ने कार्यक्रम रहेको चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले जानकारी दिनुभयो । उहाँले त्यहाँ सिर्जना गरिएका चित्रलाई काठमाडौँका महत्वपूर्ण पर्यटकीयस्थलमा ल्याएर प्रदर्शन गरी त्यस क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरिने बताउनुभयो ।
सातै प्रदेशका कलाकृतिलाई देश विदेशमा प्रचार गर्ने लक्ष्य लिएको उक्त विभागले गत वर्ष वीरगञ्जमा पनि यस किसिमको कला सिर्जना गरेको थियो । रासस
News Desk 0 response शुक्रबार, मंसिर २०, २०७६


सम्बन्धित शीर्षकहरु
-
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९ -
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९
-
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९ -
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९