

-
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले यही मङ्सिर २१ देखि २३ गतेसम्म मकवानपुरको थाहा नगरपालिका–६ स्थित पालुङ, टिस्टुङ र चित्लाङ भेगलाई समेटेर टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना गर्ने भएको छ ।
प्रतिष्ठानले भ्रमण वर्षमा आउने पर्यटकलाई त्यस क्षेत्रका प्राचीन सम्पदा, पर्यटकीय गन्तव्य तथा स्थानीय बस्तीबारे प्रचार तथा नेपाली चित्रकलाको विकास गर्ने लक्ष्य राखेर उक्त कार्यक्रम गर्न लागेको हो । प्रतिष्ठानले गत वर्ष उक्त नगरपालिका, स्थानीय संस्था, इथ्नोलोजिकल स्टडिज ग्रुप र बज्रबाराही बजार व्यवस्थापन समितिसँग कार्यक्रम आयोजना गर्नका लागि समझदारी गरेको थियो ।
प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य नेतृत्वको वरिष्ठ कलाकार समूह त्यसतर्फ प्रस्थान गरी स्थानीय विषयवस्तुलाई विम्ब बनाएर स्थलगत चित्र सिर्जना गर्ने कार्यक्रम रहेको चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले जानकारी दिनुभयो । उहाँले त्यहाँ सिर्जना गरिएका चित्रलाई काठमाडौँका महत्वपूर्ण पर्यटकीयस्थलमा ल्याएर प्रदर्शन गरी त्यस क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरिने बताउनुभयो ।
सातै प्रदेशका कलाकृतिलाई देश विदेशमा प्रचार गर्ने लक्ष्य लिएको उक्त विभागले गत वर्ष वीरगञ्जमा पनि यस किसिमको कला सिर्जना गरेको थियो । रासस
News Desk 0 response शुक्रबार, मंसिर २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



