

-
घोराही । आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितका अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, चलचित्र प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो ।
सोअनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशीला वली, सपना बोहरा, देव यादव, लीलाधर वली, गोविन्द खड्का, गिरिराज नेपाली र सन्तोष डाँगी सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । त्यसैगरी कोषाध्यक्ष छविलाल कोपिलाको संयोजकत्वमा गणेश वली, इन्द्रविवश डिसी, प्रकाश चौधरी, देवका पौडेल र अञ्जली न्यौपाने सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ । भूपेन्द्र वलीको संयोजकत्वमा आदिम केसी, नवीन अभिलाषी, ऋचा बुढाथोकी, छवि पुरी, दीपक जिएम, रेखा थापा र आभाष बुढाथोकी सदस्य रहेको चलचित्र प्रदर्शन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी जङ्ग रोकाको संयोजकत्वमा प्रेमा गैरे, वामदेव रिजाल, पूजा रिजाल, दीपेश पोखरेल, चोभार पौडेल, मीनराज खड्का र अञ्जना कुँवर सदस्य रहेको कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । बैठकले महोत्सव सफल बनाउन सरकारी, गैरसरकारी निकाय तथा विभिन्न व्यक्तित्वसँग सहयोगका लागि पहल गर्ने निर्णय गरेको छ । प्रदेश नं ५ मा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको चलचित्र महोत्सवले यस क्षेत्रको चलचित्र तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने संयोजक पीडित बताउनुहुन्छ । महोत्सवमा ऐतिहासिक चलचित्र प्रदर्शन गरिनेछ । त्यसैगरी चलचित्रको विकास तथा यसका अवसर र चुनौतीलगायत विषयमा राष्ट्रियस्तरको बहस गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवका अवसरमा यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा राष्ट्रियस्तरका व्यक्तित्वलाई अवलोकन गराइने छ । रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९