

-
घोराही । आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितका अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, चलचित्र प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो ।
सोअनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशीला वली, सपना बोहरा, देव यादव, लीलाधर वली, गोविन्द खड्का, गिरिराज नेपाली र सन्तोष डाँगी सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । त्यसैगरी कोषाध्यक्ष छविलाल कोपिलाको संयोजकत्वमा गणेश वली, इन्द्रविवश डिसी, प्रकाश चौधरी, देवका पौडेल र अञ्जली न्यौपाने सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ । भूपेन्द्र वलीको संयोजकत्वमा आदिम केसी, नवीन अभिलाषी, ऋचा बुढाथोकी, छवि पुरी, दीपक जिएम, रेखा थापा र आभाष बुढाथोकी सदस्य रहेको चलचित्र प्रदर्शन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी जङ्ग रोकाको संयोजकत्वमा प्रेमा गैरे, वामदेव रिजाल, पूजा रिजाल, दीपेश पोखरेल, चोभार पौडेल, मीनराज खड्का र अञ्जना कुँवर सदस्य रहेको कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । बैठकले महोत्सव सफल बनाउन सरकारी, गैरसरकारी निकाय तथा विभिन्न व्यक्तित्वसँग सहयोगका लागि पहल गर्ने निर्णय गरेको छ । प्रदेश नं ५ मा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको चलचित्र महोत्सवले यस क्षेत्रको चलचित्र तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने संयोजक पीडित बताउनुहुन्छ । महोत्सवमा ऐतिहासिक चलचित्र प्रदर्शन गरिनेछ । त्यसैगरी चलचित्रको विकास तथा यसका अवसर र चुनौतीलगायत विषयमा राष्ट्रियस्तरको बहस गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवका अवसरमा यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा राष्ट्रियस्तरका व्यक्तित्वलाई अवलोकन गराइने छ । रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३



