

-
धर्मुसेलाई ‘माग्ने’ बनाई जनतासँग मागेको पैसाले क्रिकेट रँगशाला बनाउनुथियो भने यो देशमा गणतन्त्र किन ल्याएको ? पंचायतकालमा पनि कलाकारहरुले चन्दा उठाएर धेरै ठाउँमा पंचायत रजत स्तम्भ र द्वारहरु बनादिएकै थिए, एउटा रँगशाला पनि बनाइदिन्थे ।
गणतन्त्र आएपछि राज्यले नै जनताका लागि सबथोक गर्छ भन्ने सपना देखाएर जनताका छोराछोरीलाई जर्बदस्ती हतियार बोकाइयो । पढिरहेका कलिला युवालाई जनवादी शिक्षाको दुहाइ दिएर युद्धमा होमियो र कालान्तरमा तिनलाई अयोग्य भनेर लत्याइयो, जो आज विदेशमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य छन् ।
जनयुद्धका नाममा विसौं हजार नेपालीको बेफवाँकमा ज्यान गयो । आज ‘गणतन्त्र हामीले नै ल्याएका हौं’ भनेर दावी गर्नेहरुले तिन अर्बको जाबो एउटा रंगशाला बनाउन धुर्मुसेको सहारा लिनु लज्जाको विषय हो कि हैन ?
मेयर रेणुजी, बिक्न नसकेर बारीमै सडीरहेका बन्दाकोवीका कृषकहरुको घाउमा मल्हम दल्नुस् । उचित मुल्य नपाएर किसानहरु बारीमै तरकारी नष्ट गरीरहेका छन्, उनीहरुको समस्यामा ध्यान दिनुस् । फालतुको क्रिकेटका चक्करमा नलाग्नुस्, यसले तपाई र तपाइको परिवारको राजनीतिक उचाई घटाइरहेको छ ।
मुलपानीको बन्दाबन्दै अलपत्र परेको रँगशालालाई पूर्णता दिउँ । धुर्मुसे चन्दा माग्न आएमा सोधौं, ‘नमुना नेपाल बनाउने भनेर दिएको चन्दा कहाँ गयो ?’
हल्का चर्चामा आउने र आफ्नो ख्यातीलाई भजाएर आर्थिक वैभवता हासिल गर्ने धेरै छट्टुहरु यो देशमा हामीले देखेकै हो । राजनीतिक रुपमा ख्याती कमाएका नेताहरु त्यही ख्याती भजाएर मालामाल भए । हाम्रो देशका कलाकार विचराहरुको भविश्य सुरक्षित छैन । कलाकारिताको क्रेज घटेपछि विरामी हुँदा औषधि मुलो गर्ने रकम समेत हुँदैन । सायद यही सोचेर धुर्मसे र सून्तलीले पनि अली दरीलै फन्डा आँटेको हुनसक्छ । त्यत्रा धेरै पात्रहरुको चरीत्र निर्वाह गर्ने धुर्मुसेलाई के गर्दा आफुहरुलाई लाभ हुन्छ भन्ने हेक्का नभएको हैन । उनले सोचे होला, दुइ तिहाई कम्युनिष्ट सरकारलाई अबका पाँच वर्ष कसैले ढाल्न सक्दैन, अब यीनकै शरणमा नपरी धरै छैन । प्रचण्ड भनेका आजका सबैभन्दा नामुद खेलाडि । खेल खेल्ने नै हो भने अब उनीसँगै मिल्नु मनासिब ठाने, धुर्मुसले ।
दाहालजीलाई पनि आफ्ना बिगतका काला करततुहरु पखाल्नुथियो । धुर्मुसेजस्ता लोकप्रिय कलाकारको साथ पाएपछि दाहाल परिवारलाई पनि जनताले भावनात्मक रुपमा आत्मसात गर्ने भए । धुमुसेको काँधमा बन्दुक राखेर सस्तो लोकप्रियताको फायर खोल्न सकिने भो । यसरी दुबै पक्षको स्वार्थ यहाँनेर मिल्न पुग्यो ।
हामी जनताको स्वार्थ चाहिँ के त ? हामीले रँगशाला बनेर के पाउने ? के टिकट फ्रि हुन्छ ? के त्यो संरचनाको शेयर पाइन्छ ? के रँगशालाबाट उठेको रकम जन हितमा खर्च हुन्छ ? थोरै रकम सरकारको खातामा राखेर बाँकी रकममा नेकपाका ठेटनाहरुले मस्ती मार्ने न हो । अनि किन दिने चन्दा ?
News Desk 0 response सोमवार, माघ २८, २०७५

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



