
मागेर क्रिकेट रंगशाला होईन एकसय रुपैयाँमा उपचार हुने अस्पताल बनाउनुस् -(कुसुम भट्टराई )
जनतासँग चन्दा मागेर भौतिक पुर्वाधार निर्माण गर्ने हो भने हे धुर्मुस र सुन्तलीहरु, उत्तम सँजेलले झैं एक सय रुपैयाँमा पढन पाइने स्कूल र एक सय रुपैयाँमा उपचार गर्न पाइने अस्पताल खोल्नुस् ।
-
मागेरै क्रिकेट रंगशाला बनाउने हो भने धुर्मुसेको ठाउँमा ‘माग्ने बुढा’लाई नै नेता मानेको भए हुन्थ्यो । नाम र काम दुबै मिल्थ्यो । यसले हाम्रो माग्ने सँस्कृतिलाई झन उन्नत बनाउँथ्यो । मगन्तेहरुको यो देशमा हामी क्रिकेटको मनोरँजन पनि मागेरै गर्ने मानसिकता बोकीरहेका छौं ।
जनतासँग चन्दा मागेर भौतिक पुर्वाधार निर्माण गर्ने हो भने हे धुर्मुस र सुन्तलीहरु, उत्तम सँजेलले झैं एक सय रुपैयाँमा पढन पाइने स्कूल र एक सय रुपैयाँमा उपचार गर्न पाइने अस्पताल खोल्नुस् ।
शिक्षा र स्वास्थ्यलाई लोक कल्याणकारी बनाउनु आजको मुलभूत प्राथमिकता र दायित्व हो । कुनै रोग लागेमा एक नागरिकको सारा सम्पत्ती स्वाहा हुने आजको अवस्थाको अन्त्य गरौं । यसका लागि निजी शिक्षण र स्वास्थ्य सँस्थाहरु बन्द गराउँ । सेवामुलक क्षेत्रमा निजी क्षेत्रको व्यापारीक लगानी जरुरी छैन । शिक्षा र स्वास्थ्य नाफा कमाउने क्षेत्र हैनन् ।
सरकारले शत प्रतिशत स्वास्थ्य र शिक्षालाई लोक कल्याणकारी बनाउन सक्दैन भने, महतोदेखि चौधरीसम्म, घलेदेखि सुमार्गीसम्म, गुरुङदेखि प्रशाइसम्मका धनधान्यले युक्त नागरिकहरुको पहलमा एउटा ‘हेल्ट ट्रष्ट’ बनाउँ । यो ट्रष्टलाई सबै मनकारीले आ–आफ्नो पितृको मोक्ष, पुण्य कमाउने चाहना, सेवा गर्ने लालसा, परलोकमा न्याय पाउने आशा या मरेपछि स्वर्गै जाने अनेक सोचबाट प्रेरीत भएर गच्छे अनुसार चन्दा दिउँ । र, यसको नेतृत्व धुर्मुसेलाई दिउँ र धुर्मुसमार्फत देशव्यापी चन्दा आव्हान गरौं । कोषमा जति चन्दा सँकलन हुन्छ, त्यसमा सरकारले तिस प्रतिशत थपोस् । यसको सँचालनका लागि स्वच्छ छवीका व्यक्तिहरुको समिति बनोस् । र, यो ट्रष्टले सातै प्रदेशमा समता अस्पताल झैं सय रुपैयाँमै उपचार हुने अस्पताल खोलोस् । रगत, दिशा, पिसाब, खकार, फोक्सो, किडनी, लिभर, मगज, करङ, अण्कोष, पाठेघर, पेट, मुटु, नाक, कान, घाँटी, घुँडा आदि शरीरका कुनै पनि अँगको परिक्षण, अल्ट्रासाउण्ड, एक्सरे, एमआरआई, इसीजी आदि गर्न जनताले सुको तिर्न नपरोस् । प्लस टुसम्म निशुल्क पढन पाइने स्कुल खोलियोस् ।
चन्दा मागेर क्रिकेट रँगशाला बनाउनु भनेको दिनभरी सडकमा भिख मागेर साँझ डिस्को जानु हो । मधुर भण्डारकरको फिल्म ट्राफीक सिग्नलमा यस्तै एउटा पात्र छ, जो दिनभरी सडकमा माग्नेको गेट अपमा भिख माग्छ, अन्धो भएर । साँझ परेपछि गर्लफ्रेन्डलाई लिएर दिनभरी मागेको पैसाले डिस्को जान्छ, रगँरलीया मनाउँछ । यही फिल्ममा अर्को पात्र पनि हुन्छ, जो सडक किनारमा बसी भिख मागेको पैसाले बृद्ध बाबुको उपचार गर्छ । मागेको पैसा कहाँ लगाइन्छ ? भन्ने प्रश्न बडो महत्वपूर्ण छ । जनतासँग मागेको पैसाले जनताका प्राथमिक समस्या समाधानमा लगाउनुपर्छ । र, क्रिकेट रँगशाला जनताको प्राथमिकता हैन, जनताको प्राथमिकता शिक्षा र स्वास्थ्य हो । धुर्मुस र सुन्तलीले आफ्नै गोजीको पैसाले क्यासीनो सेन्टर नै बनाउन्, हामीलाई बाल मतलब भएन । तर, हाम्रो प्राथमिकताभन्दा बाहेकका चिजहरु निर्माण उनले हामीसँग चन्दा माग्नु विवेकसम्मत हैन । सक्छौ भने, उत्तम सँजेलले झैं एक सयमा उपचार हुने अस्पताल र एक सयमा पढाई हुने स्कूल खोल्ने अभियान चलाउ, म पनि दिलखोलेर चन्दा दिन्छु ।
News Desk 0 response शनिबार, माघ १९, २०७५


सम्बन्धित शीर्षकहरु
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९