

-
१ कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा कहिले प्रमाणीकरण भएको हो ?
(क) वि.सं.२०७५ मंसिर २३ (ख) वि.सं.२०७५ मंसिर २५
(ग) वि.सं.२०७५ मंसिर २७ (घ) वि.सं.२०७५ मंसिर २९
(क) वि.सं.२०७५ मंसिर २३
२. विश्व बैंकद्धारा सन् २०१८ डिसेम्बरमा सार्वजनिक प्रतिवेदन अनुसार विदेशबाट आफ्नो देशमा पैसा पठाउने मामलामा सबैभन्दा अग्रस्थानमा कुन देश रहेको छ ?
(क) फिलिपिन्स (ख) मेक्सिको
(ग) चीन (घ) भारत
(घ) भारत (८० अर्ब अमेरिकी डलर रेमिटान्स), त्यसपछि क्रमशः चीन(६७अर्ब अमेरिकी डलर), मेक्सिको (३४ अर्ब अमेरिकी डलर), फिलिपिन्स (३४ अर्ब अमेरिकी डलर) र इजिप्ट (२६ अर्ब अमेरिकी डलर) रहेको छन् ।
३. नेपालमा वि.सं.२०४८ बाट शुरु गरिएको निजीरकण लहर हालसम्म कति वटा संस्थान निजीरकण गरिएको छन् ?
(क) २४ वटा (ख) २७ वटा
(ग) ३० वटा (घ) ३३ वटा
(ग) ३० वटा, यीमध्ये १२ वटा संस्थानमात्र संचालनमा छन् ।
४. तेल उत्पादक र निर्यात गर्ने राष्ट्रहरुको समूह “ओपेक” बाट सन् २०१९ जनवरीसम्म बारिहरिने घोषणा गर्ने राष्ट्र कुन हो ?
(क) इरान (ख) कतार
(ग) साउदीअरब (घ) भेनेजुयला
(ख) कतार, यस समूहको मुख्यालय अष्ट्रियाको राजधानी भियनमा रहेको छ र कुल सदस्य राष्ट्र १५ मुलुक छन् ।
५. कम्युनिकेसन अवार्ड—२०१८ बाट सम्मानित हुने नेपाली को हुन् ?
(क) ऋषि धमला (ख) युवराज घिमिरे
(ग) नारायण वाग्ले (घ) डा. स्वर्णिम वाग्ले
(घ) डा. स्वर्णिम वाग्ले
६.सर एयडमन्ड हिलारी लेगेसी अवार्ड—२०१८ बाट सम्मानित हुने डेनियल मजुर कुन देशका नागरिक (पर्वतारोही) हुन् ?
(क) संयुक्त राज्य अमेरिका (ख) ब्रिटेन
(ग) न्युजिल्यान्ड (घ) अष्ट्रिय
(क) संयुक्त राज्य अमेरिका, १७ वर्षदेखि हिमाल आरोहण गर्न शुरु गरेका डेनियलले १२ पटक सगरमाथाको चुचुरो टेकिसकेका छन् ।
७. रग्बी विश्वकप ट्रफी टुर अन्तर्गत सगरमाथा आधार शिविर भन्दा माथि कालापत्थर (५६४३मि.) मा सो ट्रफी कहिले पु¥याइयो ?
(क) वि.सं.२०७५ मंसिर १७ (ख) वि.सं.२०७५ मंसिर २०
(ग) वि.सं.२०७५ मंसिर २३ (घ) वि.सं.२०७५ मंसिर २६
(ख) वि.सं.२०७५ मंसिर २०
८. रग्बी विश्वकपको नवौं संस्करण सन् २०१९ सेप्टेम्बर २० देखि नोभेम्बर २ सम्म कुन देशमा आयोजना हुँदैछ ?
(क) जर्मनी (ख) स्कटल्यान्ड
(ग) जापान (घ) चीन
(ग) जापान, हाल नेपाल रग्बीका राष्ट्रिय टिमका कप्तान कृष्ण थापा रहेका छन् ।
९. जी—२० शिखर सम्मेलन सन् २०१८ नोभेम्बर ३०—डिसेम्बर १ सम्म कुन देशमा आयोजना भएको थियो ?
(क) अर्जेन्टिना (ख) इण्डोनेसिया
(ग) ब्राजिल (घ) भारत
(क) अर्जेन्टिना, विश्व अर्थव्यवस्थाको करिब ८५ प्रतिशत तथा विश्वको दुई तिहाई जनसंख्या जी—२० समूहमा रहेको छ ।
१०. सन् २०१८ मा नेपालका रोहित चन्द कुन देशको माथिल्लो डिभिजन फुटबल प्रतियोगिता लिग वान मा सर्वोत्कृष्ट खेलाडी भई गोल्डेन बल प्राप्त गरे ?
(क) माल्दिभ्स (ख) सिंगापुर
(ग) थाइल्यान्ड (घ) इण्डोनेसिया
(घ) इण्डोनेसिया, उनी इण्डोनेसियाको पर्सिया जाकार्ता फुटबल क्लबसंग सम्बद्ध छन् । पूरै सिजन उत्कृष्ट प्रदर्शन गरेको २६ वर्षीया रोहितले पर्सिजालाई १७ वर्षपछि लिग च्याम्पियन बन्न मुख्य भूमिका निर्वाह गरेका थिए । सर्वोत्कृष्ट भएवापत उनले १५ करोड इण्डोनेसियन रुपियाँ (१२ लाख नेरु) प्राप्त गरे ।
११. विराट श्रेष्ठ (पुरुष ) र सिर्जना राई (महिला) नेपालको कुन खेलका सन् २०१८ खेलाडी सर्वश्रेष्ठ खेलाडी घोषित भएको थिए ?
(क) तेक्वान्दो (ख) रग्बी
(ग) बक्सिङ (घ) आर्चरी
(ख) रग्बी, यी दुवै खेलाडी राष्ट्रिय रग्बी टोलीका उपकप्तान हुन् ।
१२. वि.सं.२०७५ को प्रेसकाउन्सिल सानिमा बैंक पुरस्कार द्धारा कुन दुई पत्रकार सम्मानित भए ?
(क) हरिबहादुर थापा र गुणराज लुइटेल (ख) प्रशान्त अर्याल र धु्रब सिम्खडा
(ग) कृष्णज्वाला देवकोटा र अरुण बराल (घ) संकेत कोइराला र जगत नेपाल
(ग) कृष्णज्वाला देवकोटा र अरुण बराल, देवकोटा नयाँ पत्रिकाका सम्पादक हुन् भने बराल अनलाइन खबर डटलाइनमा सम्पादक हुन । पुरस्कार राशी जनही २ लाख ५० हजार रुपैयाँ छ ।
१३. नेपाल सरकारले कहिले सम्ममा नेपालमा साक्षर नेपाल घोषण गर्ने योजना अघि सारिएको छ ?
(क) वि.सं.२०७७ भदौ मसान्तसम्म (ख) वि.सं.२०७८ भदौ मसान्तसम्म
(ग) वि.सं.२०७९ भदौ मसान्तसम्म (घ) वि.सं.२०८० भदौ मसान्तसम्म
(क) वि.सं.२०७७ भदौ मसान्तसम्म । वि.सं.२०७५ असोजसम्म ४७ जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भइसकेको छन् ।
१४. अमेरिकाले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट (ग्ल्ज्ऋच्)अलग भएको घोषणा कहिले ग¥यो ?
(क) सन् २०१८ जून १० (ख) सन् २०१८ जून १३
(ग) सन् २०१८ जून १६ (घ) सन् २०१८ जून १९
(घ) सन् २०१८ जून १९, विदेशमन्त्री माइक पोम्पियासंगको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रसंघीय अमेरिकी राजदूत निकी हेलीले घोषणा गरेका ।
१५. प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बेलुनको झुप्पा उडाएर पुल्चोकबाट सिंहदरबारसम्म विजुली बसको शुभारम्भ कहिले गरेका हुन् ?
(क) वि.सं.२०७५ कात्र्तिक १ (ख) वि.सं.२०७५ कात्र्तिक ३
(ग) वि.सं.२०७५ कात्र्तिक ५ (घ) वि.सं.२०७५ कात्र्तिक ७
(ग) वि.सं.२०७५ कात्र्तिक ५, खासमा विजुली बस एसियाली विकास बैंकको सहयोगमा लुम्बिनी विकास कोषले भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म चलाउन खरिद गरिएको हो ।
१६. जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरी जनकपुर धाम कायम गर्ने निर्णय नेपाल सरकारले कहिले गरेको हो ?
(क) वि.सं.२०७५ साउन २० (ख) वि.सं.२०७५ साउन २२
(ग) वि.सं.२०७५ साउन २४ (घ) वि.सं.२०७५ साउन २६
(घ) वि.सं.२०७५ साउन २६
१७. वि.सं.२०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयले थप कति आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिएको छ ?
(क) दुई वटा (ख) तीन वटा
(ग) चार वटा (घ) पाँच वटा
(क) दुई वटा, काठमाडौको लप्सीफेदीदेखि धादिङका गल्छी राटामाटे प्रसारण लाइन आयोजना र दमौली—भरतपुर बुटवल प्रसारण लाइन निर्माण आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा सूचीकृत गर्ने निर्णय गरेको र राष्ट्रिय गौरवका आयोजनाका संख्या २३ पुगेको ।
१८. नेपालकै पहिलो मदिरा निषेधित नगरपालिका मुगु जिल्लाको रारा छायाँनाथ नगरपालिका हो । अब भन्नुहोस् उक्त नगरपालिकाले मदिरा निषेधित घोषणा कहिले गरेको हो ?
(क) वि.सं.२०७५ असोज १ (ख) वि.सं.२०७५ कात्र्तिक १
(ग) वि.सं.२०७५ मंसिर १ (घ) वि.सं.२०७५ पौष १
(ग) वि.सं.२०७५ मंसिर ११९. नेपालको पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश घोषित प्रदेश कुन हो ?
(क) कर्णाली प्रदेश (ख) गण्डकी प्रदेश
(ग) सुदूपश्चिम प्रदेश (घ) प्रदेश नं. ३
(ख) गण्डकी प्रदेश, उक्त प्रदेशले वि.सं.२०७५ भदौ १३ गते देशकै पहिलो पूर्ण खोप सुनिश्चित घोषित गरेको हो ।
२०.इन्टेग्रिटी आइडल—२०१८ को उपाधि जित्ने राष्ट्रसेवक कर्मचारी को हुन् ?
(क) श्याम बहादुर मुकारुङ (ख) हरि तुम्बाहाम्फे
(ग) कृष्ण कुमार थुलुङ (घ) रामबहादुर कुरुम्वाङ
(घ) रामबहादुर कुरुम्वाङ, उनी बर्दिया जिल्लाका सिडिओ हुन् नागरिक स्तरबाट कर्मचारीलाई सम्मानबाट अकाउन्टोविलिटि ल्याबले सन् २०१४ देखि इन्टिग्रिटी आइडलको सुरुआत गरेको ।
२१. नेपालको पहिलो आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजा अनुसार अर्थतन्त्रको सबैभन्दा ठूलो आकार भएको प्रदेश कुन हो ?
(क)सुदूरपश्चिम प्रदेश (ख) कर्णाली प्रदेश
(ग) गण्डकी प्रदेश (घ) प्रदेश नं. २
(क)सुदूरपश्चिम प्रदेश (प्रदेश नं.७)
२२. नेपालमा दर्ता भएका वायु सेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटनामा परी ज्यान गुमाएका कहिले देखि विमाबापत विदेशी सरह १ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् ?
(क) सन् २०१८ डिसेम्बर १३
(ख) सन् २०१८ डिसेम्बर १५
(ग) सन् २०१८ डिसेम्बर १७
(घ) सन् २०१८ डिसेम्बर १९
(ख) सन् २०१८ डिसेम्बर १५( वि.सं.२०७५ मंसिर २९)
२३. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको मन्ट्रियल महासन्धि नेपाली संसदबाट कहिले पारित भएको हो ?
(क) वि.सं.२०७५ भाद्र १ (ख) वि.सं.२०७५ भाद्र ३
(ग) वि.सं.२०७५ भाद्र ५ (घ) वि.सं.२०७५ भाद्र ७
(घ) वि.सं.२०७५ भाद्र ७
२४. मन्ट्रियल महासन्धि अनुमोदन गरी लागू गर्ने नेपाल कति औ राष्ट्र हो ?
(क) १ सय ३५ औं (ख) १ सय ४० औं
(ग) १ सय ४५ औं (घ) १ सय ५० औं
(क) १ सय ३५ औं
२५. “समृद्ध नेपालःसुखी नेपाली ” नाराका साथ नेपाल सरकारले आ.वं. २०७५÷७६ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गरेको थियो ?
(क) वि.सं.२०७५ वैशाख ७ (ख) वि.सं.२०७५ जेठ ७
(ग) वि.सं.२०७५ असार ७ (घ) वि.सं.२०७५ श्रावण ७
(ख) वि.सं.२०७५ जेठ ७
२६. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) ले एसिया प्यासिफिक क्षेत्रको सम्मेलन सन् २०१९ मा कुन सार्क मुलुकमा आयोजना गर्ने भएको छ ?
(क) बंगलादेश (ख) श्रीलंका
(ग) नेपाल (घ) भारत
(ग) नेपाल
२७. नेपालको कुन गाउँलाई नेपाल सरकारले किवी गाउँ का रुपमा घोषणा गरिएको छ ?
(क) ऐंसेलुखर्क गाउँपालिका, खोटाङ (ख) तामाकोसी गाउँपालिका, दोलखा
(ग) गोकुलगंगा गाउँपालिका, रामेछाप (घ) थुलुङ दूधकोसी गाउँपालिका, सोलुखुम्बु
(घ) थुलुङ दूधकोसी गाउँपालिका, सोलुखुम्बु । निकै महंगो दाममा बिक्री हुने यस फललाई कसैसकैले फलफूलको राजा उपमा पनि दिएका छन् ।
२८. संवैधानिक परिषद्ले चोलेन्द्र शमशेर जबरालाई नेपालको २९ औं प्रधान न्यायाधीशका रुपमा कहिले सिफारिस गरेको हो ?
(क) वि.सं.२०७५ मंसिर २२ (ख) वि.सं.२०७५ मंसिर २४
(ग) वि.सं.२०७५ मंसिर २६ (घ) वि.सं.२०७५ मंसिर २८
(ग) वि.सं.२०७५ मंसिर २६
२९. वि.सं.२०७५ मंसिर १५ गते राजधानीमा सम्पन्न कामना फिल्ममा अवार्डमा कीर्तिमान दीर्घ योगदान सम्मानबाट सम्मानित हुने तीनजना प्रतिभामध्ये दुई मह जोडी—मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुन भने अर्का एक प्रतिभा को हुन् ?
(क) शम्भुजित बासकोटा (ख) दीप श्रेष्ठ
(ग) प्रेमध्वज प्रधान (घ) रत्नशमशेर थापा
(क) शम्भुजित बासकोटा
३०. संयुक्त राष्ट्रसंघका नवौं महासन्धि एन्टिनियो गुटरेसले शान्ति स्थापना कार्य (एक्सन फर पिसकिपिङ) को आरम्भ कहिले गरेका हुन् ?
(क) सन् २०१८ फेब्रअरी २८ (ख) सन् २०१८ मार्च २८
(ग) सन् २०१८ अप्रिल २८ (घ) सन् २०१८ मे १८
(ख) सन् २०१८ मार्च २८
३१.अमेरिकाको प्रसिद्ध पत्रिका टाइम्सले हरेक वर्ष “वर्ष पुरुष” छनोट गर्ने गर्दछ । अब भन्नुहोस् “ त्ष्mभक उभचकयल या तजभ थ्भबच—द्दण्ज्ञड”को घोषित भए ?
(क) द साइलेन्स ब्रेकर (ख) टेलर स्विफ्ट
(ग) बु्रनो मास (घ) जमाल खग्गोसी
(घ) जमाल खग्गोसी, साउदी अरबका पत्रकार खग्गोसीले टर्कीको एउटी महिलासंग विहेको छिनोफानो गरेर अघिल्लो पत्नीसंगको सम्बन्धविच्छेद सम्बन्धी कानूनी प्रत्रिया पूरा गर्न सन् २०१८ अक्टोबर २ मा साउदी वाणिज्य दूतावास पुगेका उनको सुनियोजित रुपमा हत्या भएको आशंका गरिएको छ ।
३२. नेपाललाई कहिले सम्ममा अल्प विकसित राष्ट्रबाट विकाशील राष्ट्रमा पु¥याउने लक्ष्य लिएको छ ?
(क) सन् २०२२ सम्म (ख) सन् २०२४ सम्म
(ग) सन् २०२६ सम्म (घ) सन् २०२८ सम्म
(क) सन् २०२२ सम्म
३३. नेपालले युनेस्कोलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थप कति वटा क्षेत्र प्रस्तुत गरेको छ ?
(क) ५ क्षेत्र (ख) १० क्षेत्र
(ग) १५ क्षेत्र (घ) २० क्षेत्र
(ग) १५ क्षेत्र
३४. सन् २०१८ को ६७ औं मिस युनिभर्सको उपाधि कुन सुन्दरीले जितिन् ?
(क) नटालिया कार्भाजल—कोस्टारिका
(ख) माटा माग्डालेना स्टेपिन—क्यानडा
(ग) स्टेफनी गुटिरेज—भेनेजुयला
(घ) क्याट्रीयाना गे्र—फिलिपिन्स
(घ) क्याट्रीयाना गे्र—फिलिपिन्स-भीम राना “जिज्ञासु”
News Desk 0 response मङ्लबार, माघ ८, २०७५


सम्बन्धित शीर्षकहरु

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने
सोमवार, अशोज २८, २०८१-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१