

-
ब्रह्माण्डमा पृथ्वी समेत रहेको आकाशगङ्गा मिल्की वेसँग मिल्दोजुल्दो अर्को विशाल खगोलीय संरचना फेला परेको खगोलशास्त्रीहरूले बताएका छन् ।
अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहायतामा भारतकी राशि जैनले विद्यावारिधिका लागि गरेको अनुसन्धानको निष्कर्षसहितको शोधपत्र वैज्ञानिक जर्नल एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्समा प्रकाशित भएको छ ।
राशिलाई टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल रिसर्चको राष्ट्रिय रेडिओ खगोल भौतिकी केन्द्रका प्राध्यापक योगेश वाडदेकरले मार्गदर्शन गरेका हुन् । नयाँ भेटिएको आकाशगांको नाम अलकनन्दा राखेको बीबीसीले जनाएको छ । तारा, ग्रह, ग्यास र धूलोसहित गुरुत्वाकर्षणका कारण एउटा प्रणाली बन्न पुगेको विशाल संरचना नै आकाशगङ्गा हो ।
अलकनन्दा आकाशगङ्गा पृथ्वीबाट १२ अर्ब प्रकाशवर्ष टाढा छ । अर्थात् यो संरचनाबाट पृथ्वीसम्म प्रकाश आइपुग्न १२ अर्ब वर्ष लाग्छ । धेरैजसो आकाशगङ्गाहरू १० देखी साढे १३ अर्ब वर्ष पूराना छन् । नयाँ फेला परेको आकाशगङ्गा पनि पृथ्वी रहेको मिल्की वेभन्दा पूरानो भएको अध्ययनमा संलग्न खगोलशास्त्रीको विश्वास छ ।
जैन र वाडदेकरले यो आकाशगङ्गा प्रभावशाली ब्रह्माण्डीय शक्ति केन्द्र भएको निष्कर्ष निकालेका छन् । अध्ययनको निष्कर्ष अनुसार अलकनन्दामा हरेक वर्ष नयाँ ताराहरूको उत्पत्ति भइरहेको छ । अलकनन्दा पृथ्वीबाट निकै टाढा रहेपनि गुरुत्वाकर्षणका कारण यो बढी चम्किलो देखिन्छ ।
News Desk 0 response बिहिबार, मंसिर १९, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३


