-
१. नेपाल र मलेसिया सरकारबीच काठमाडौंमा दुईपक्षीय श्रम समझदारी पत्रमा कहिले हस्ताक्षर भएको हो ?
(क) सन् २०१८ अक्टोबर २३ (ख) सन् २०१८ अक्टोबर २५
(ग) सन् २०१८ अक्टोबर २७ (घ) सन् २०१८ अक्टोबर २९
(घ) सन् २०१८ अक्टोबर २९, पाँच वर्षका लागि गरिएको समझदारी कार्यान्वयन गर्ने दुवै देशका उच्च अधिकृत संयुक्त संयन्त्र पनि बनाइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५८ सय रुपैयाँ मात्र खर्चिए पुग्ने भएको छ ।
२. सन् २०१८ अक्टोबर २ तारिख प्रधानमन्त्री केपी ओलीलाई नेपालमा शान्ति र प्रजातन्त्रका लागि दिएको योगदानका लागि कुन देशको युनिभर्सिटी फर पिसले “सान होसेमा मानार्थ विद्यावारिधिको उपाधि प्रदान ग¥यो ?
(क) कोस्टारिका (ख) क्यानडा
(ग) मेक्सिको (घ) होन्डुरस
(क) कोस्टारिका
३. वि.सं.२०७५ भदौ २३ गतेबाट रिक्त रहेको नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा २०७५ साल असोज २१ ग्ते ४ वर्षका लागि को नियुक्त भए ?
(क) डा. तुलसी भट्टराई (ख) गंगाप्रसाद उप्रेती
(ग) विष्णु विभु घिमिरे (घ) दिनेश अधिकारी
(ख) गंगाप्रसाद उप्रेती, यसैगरी प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा जगतप्रसाद उपाध्याय नियुक्त भएका छन् ।
४. एसिया गेम चेन्जर अफ द इयर—२०१८ अवार्ड बाट सम्मानित हुने एसियाका ९ जनामध्ये नेपालको तर्फबाट यो अवार्ड प्राप्त गर्ने व्यक्ति को हुन् ?
(क) सन्दीप लामिछाने (ख) पुष्पा बस्नेत
(ग) मीरा राई (घ) गगन थापा
(ग) मीरा राई, उनी विश्वकै प्रसिद्ध अल्ट्रा धावक हुन् ।
५. भन्सार विभागले सार्वजनिक गरेको आ.वं.२०७५।०७६ को पहिलो तीन महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार विश्वको कति देशसंग नेपालको व्यापार नाफामा रहेको छ ?
(क) २२ देश (ख) २४ देश
(ग) २६ देश (घ) २८ देश
(घ) २८ देश, पछिल्लो तीन महिनाको विवरणमा विश्वका १४० देशसंग आयात, निर्यात भएकोमा २८ देशसंग मात्रै नेपालको व्यापार नाफामा रहेको छ ।
६. आ.वं. २०७५।७६ को पहिलो तीन महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्यांक अनुसार नेपालको सबैभन्दा धेरै व्यापार घाटा भएको देश कुन हो ?
(क) जापान (ख) चीन
(ग) बंगलादेश (घ) बेलायत
(ख) चीन यसैगरी तेस्रो बढी व्यापार घाटा भएको युरोपेली देश फ्रान्स र चौथो युएई हो ।
७. एसियाली विकास बैंकद्धारा सन् २०१८ सेप्टेम्बर २६ मा सार्वजनिक प्रतिवेदन अनुसार आ.वं.२०७५।७६ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ?
(क) ५.५ प्रतिशत (ख) ६.६ प्रतिशत
(ग) ७.७ प्रतिशत (घ) ८.८ प्रतिशत
(क) ५.५ प्रतिशत
८. सन् २०१८ सेप्टेम्बर २७ मा मनाइएको विश्व पर्यटन दिवसको नाम के हो ?
(क) टुरिजम इज क्लेयर बिजनेज (ख) टुरिजम सेक्टर इज बिजनेस एन्ड फ्रेन्डसिप
(ग) टुरिजम एन्ड दि डिजिटल ट्रान्सफर्मेशन (घ) टुरिज एन्ड दि इन्टरटेरिङ फिल्ड
(ग) टुरिजम एन्ड दि डिजिटल ट्रान्सफर्मेशन फिल्ड
९. नेपालको कुल गाहस्र्थ उत्पादनमा हाल पर्यटन क्षेत्रको हिस्सा कति प्रतिशत रहेको छ ?
(क) २.६ प्रतिशत (ख) ३.६ प्रतिशत
(ग) ४.६ प्रतिशत (घ) ५.६प्रतिशत
(ख) ३.६ प्रतिशत
१०. दिगो वातावरणका लागि राष्ट्रसंघीय विकास कार्यक्रमले तोकेको पाँचै मापदण्ड पूरा गर्ने एक मात्र देश कुन हो ?
(क) बेलायत (ख) चीन
(गं सिंगापुर (घ) कोस्टारिका
(घ) कोस्टारिका, मध्ये अमेरिकी देशमा सबेैभन्दा बढी पर्यटक भित्र्याउने देश पनि कोस्टारिका हो । कुल गार्हस्थ उत्पादनमा यस राष्ट्रको पर्यटन क्षेत्रले ७ प्रतिशत ओगट्छ ।
११. सन् २००४ फेबु्रअरी ४ बाट विश्वमा फेसबुकको प्रयोग हुन थालेको हो । अब भन्नुहोस् नेपाल फेसबुक प्रयोग गर्ने कति औं राष्ट्र हो ?
(क) ७९ औं (ख) ८२ औं
(ग) ८५ औं (घ) ८८ औं ।
(क) ७९ औं
१२. सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको विश्व हुलाक संघको हाल यसको सदस्य राष्ट्र कति रहेको छन् ?
(क) १८६ राष्ट्र (ख) १८८ राष्ट्र
(ग) १९० राष्ट्र (घ) १९२ राष्ट्र
(घ) १९२ राष्ट्र
१३. आईसीसी वल्र्ड कप ट्रफी टुर अभियान अन्तर्गत आइसीसी विश्वकप ट्रफी नेपालमा पहिलोपटक कहिले ल्याइएको थियो ?
(क) वि.सं.२०७५ कात्तिक ७ (ख) वि.सं.२०७५ कात्तिक ९
(ग) वि.सं.२०७५ कात्तिक ११ (घ) वि.सं.२०७५ कात्तिक १३
(ख) वि.सं.२०७५ कात्तिक ९(सन् २०७५ अक्टोबर २६) पहिलोपटक यो ट्रफीको प्रदर्शनी स्वयम्भूमा गरिएको थियो । नेपालमा चार दिनसम्म राखिएको सो ट्रफी काठमाडौको चन्द्रागिरी, बसन्तपुर तथा पोखरामा प्रदर्शन गरिएको थियो ।
१४.विश्व क्रिकेट परिषद् (क्ष्ऋऋ) को मुख्यालय युएइको दुबई सहरबाट विश्वकप क्रिकेट ट्रफीको दूर कहिलेबाट सुरुवात गरिएको हो ?
(क) सन् २०१८ अगष्ट २३ (ख) सन् २०१८ अगष्ट २५
(ग) सन् २०१८ अगष्ट २७ (घ) सन् २०१८ अगष्ट २९
(ग) सन् २०१८ अगष्ट २७, विश्वकप क्रिकेट ट्रफीको मुख्य प्रायोजक निशान मार्फत पाँच महादेशको २१ राष्ट्रमा पु¥याउने लक्ष्य रहेको छ ।
१५. नेपालको सबैभन्दा धेरै धनराशी भएको महिला भलिबल प्रतियोगिता आधाआवादी महिला भलिबल लिग (एभीएल) को प्रथम संस्करणको उपाधि कुन टिमले जित्यो ः
(क) चितवन टाइगर्स (ख) एफीएफ
(ग) न्यू डायमन्ड (घ) नेपाल प्रहरी
(क) चितवन टाइगर्स, त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा २०७५ असोज १७ गते सम्पन्न फाइनल खेलमा चितवन टाइगर्सल एफीएफ क्लबलाई एकपक्षीय रुपमा हराएको थियो । उपाधिसंगै चितवनले रु. ६ लाख र एफीएफले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
१६.वि.सं.२०७५ असोज १७ मा सम्पन्न सर्वाधिक धनराशी भएको महिला भलिबल प्रतियोगिता एभीएलमा सर्वोत्कृष्ट खेलाडी भई कुन खेलाडीले स्कुटीसपहत रु.५० हजार पुरस्कार प्राप्त गरेकी थिइन् ?
(क) सरस्वती चौधरी (ख) अरुणा शाही
(ग) प्रतिभा माली (घ) मञ्जु गुरुङ
(ख) अरुणा शाही, उनी चितवन टाइगर्सकी खेलाडी हुन् ।
१७. टर्कीस्थित साउदी महावाणिज्य दूतावासस्थित साउदी अरबका पत्रकार जमाल खसोग्गीको कहिले साउदी सरकारले हत्या गरेको हो ?
(क) सन् २०१८ अक्टोबर २ (ख) सन् २०१८ अक्टोबर ५
(ग) सन् २०१८ अक्टोबर ८ (घ) सन् २०१८ अक्टोबर ११
(क) सन् २०१८ अक्टोबर २
१८. राष्ट्रिय सूचना आयोगले २०७५ सालको उत्कृष्ट सूचना पुरस्कार कसलाई प्रदान ग¥यो ?
(क) हरि बहादुर थापा (ख) ऋषि धमला
(ग) गिरिजा अधिकारी (घ) भूषण दाहाल
(ग) गिरिजा अधिकारी, उनी मकवानपुरका पत्रकार हुन् ।
१९. न्यू वल्र्ड वेल्थद्धारा सन् २०१८ मा प्रकाशित विश्वका धनी सहरको सूचीमा पहिलो स्थानमा कुन सहर रहेको छ ?
(क) लन्डन (ख) टोकियो
(ग) पेरिस (घ) न्यूयोर्क
(घ) न्यूयोर्क, त्यसपछि क्रमशः लन्डन (बेलायत), टोकियो (जापान), सनफ्रान्सिस्को (अमेरिका), बेइजिङ(चीन), साङ्घाई (चीन), लसएन्जलस (अमेरिका), हङकङ, सिड्नी(अस्टे«लिया) र सिंगापुर विश्वका धनी सहरको सूचीको शीर्ष १० स्थानमा रहेका छन् ।
२०. नेपालसंग दौत्य सम्बन्ध कायम भएको १ सय ६३ औं राष्ट्र सुरिनाम हो भने उक्त मुलुकसंग नेपालको दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
(क) सन् २०१८ अक्टोबर ९ (ख) सन् २०१८ अक्टोबर ११
(ग) सन् २०१८ अक्टोबर १३ (घ) सन् २०१८ अक्टोबर १५
(ख) सन् २०१८ अक्टोबर ११
२१. नेपाल प्रहरीले मुलुकमा ७७ वटै जिल्लामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कहिलेबाट लागू गरिएको हो ?
(क) वि.सं.२०७५ कात्तिक ११ (ख) वि.सं.२०७५ कात्तिक १३
(ग) वि.सं.२०७५ कात्तिक १५ (घ) वि.सं.२०७५ कात्तिक १७
(क) वि.सं.२०७५ कात्तिक ११, यो कार्यक्रम शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यबाट प्रेरित रहेको छ । कार्यक्रम लागू भएपछि मुलुकमा बढ्दो अपराध रोकथाम र सुरक्षा व्यवस्थामा जनसाझेदारी तथा अनुसन्धान जनसहयोग अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
२२. सन् २०१८ को १४ औं एसिया कप क्रिकेटको उपाधि कुन राष्ट्रले जित्यो ?
(क) श्रीलंका (ख) पाकिस्तान
(ग) भारत (घ) बंगलादेश
(ग) भारत
२३. वि.सं.२०७५ भदौ १ गते देखि लागू भएको मुलुकी फौजदारी संहिता ऐन, २०७४ मा कति वटा कसुरमा कति कसुरमा आजीवन कैद सजाय हुने व्यवस्था छ ?
(क) ४ वटा (ख) ६ वटा
(ग) ८ वटा (घ) १० वटा
(ख) ६ वटा
२४.मुलुकी संहिता ऐन, २०७४ मा जन्म कैद हुने कसुरमा कति वर्ष जेल सजाय हुने व्यवस्था गरिएको छ ?
(क) २० वर्ष (ख) २३ वर्ष
(ग) २५ वर्ष (घ) २७ वर्ष
(ग) २५ वर्ष
२५. चीनमा बनेको विश्वकै सबैभन्दा लामो (५५कि.मि.) सामुद्रिक पुल सर्वसाधरणका लागि कहिले देखि सञ्चालनमा ल्याइएको हो ?
(क) सन् २०१८ डिसेम्बर १४ (ख) सन् २०१८ डिसेम्बर १७
(ग) सन् २०१८ डिसेम्बर २० (घ) सन् २०१८ डिसेम्बर २३
(घ) सन् २०१८ डिसेम्बर २३, २० अर्ब डलर लागतमा ४ लाख टन स्टिल प्रयोग गरिएको उक्त पुलले समुद्री आँधीका साथै ८ रेक्टर स्केलको भूकम्प थेक्न सक्ने गरी बनाइएको छ । चीनको जुहाई, हङकङ र मकाउ जोड्ने विश्वकै लामो सामुद्रिक पुल ५५ कि.मि. लामो रहेको छ भने पुलको ६.७ कि.मि. भाग समुद्री मुनी रहेको छ ।
२६. दि म्यान बुकर पुरस्कार —२०१८ बाट सम्मानित हुने अन्नावन्र्स कुन युरोपेली देशका प्रसिद्ध लेखिका हुन् ?
(क) आयरल्यान्ड (ख) स्कटल्यान्ड
(ग) इंगल्यान्ड (घ) निदरल्यान्ड
(क) आयरल्यान्ड, यी आइरिस लेखिकाले मिल्क म्यान कृतिका लागि ५० औं म्यान बुकर पुरस्कार प्राप्त गरेकी हुन् ।
२७. बेलायतको टाइम्स हाइअर एजुकेसनले सन् २०१९ का लागि गरेको मूल्यांकनमा ९६ अंक सहित कुन विश्वविद्यालय उत्कृष्ट १ मा परेको छ ?
(क) हावर्ड विश्वविद्यालय (ख) क्याम्ब्रिज विश्वविद्यालय
(ग) अक्सफोर्ड विश्वविद्यालय (घ) नानकिङ विश्वविद्यालय
(ग) अक्सफोर्ड विश्वविद्यालय, स्मरणीय नेपालको त्रिभुवन विश्वविद्यालय पनि उक्त मूल्यांकनमा उत्कृष्ट हजारभित्र सूचिकृत भएको छ ।
२८. वि.सं.२०७५ असोज २० गते सम्पन्न १५ औं धर्मश्री शारीरिक सुगठनको उपाधि कुन बडी बिल्डरले जिते ?
(क) महेश्वर महर्जन (ख) मिलन सिजापती
(गं राम बहादुर दाहाल (घ) सानु गुरुङ
(ख) मिलन सिजापती, नेपाल व्यायाम मन्दिरका सिजापतिले ट्रफिसंगै रु ५ लाख प्राप्त गरे । उक्त प्रतियोगितामा १३ औं धर्मश्री विजेता महेश्वर महर्जन दोस्रा र राम बहादुर दाहाल तेस्रा भएका थिए ।
२९. सन् २०२० मा ट्वान्टी —२० विश्वकप क्रिकेट प्रतियोतिा कुन देशमा आयोजना हुने भएको छ ?
(क) न्युजिल्यान्ड (ख) इङ्गल्यान्ड
(ग) दक्षिण अफ्रिका (घ) अस्टे«लिया
(घ) अस्टे«लिया
३०. सन् २०१८ अक्टोबर २१—२३ सम्म बेलायतको विस्टोल सहरमा सम्पन्न नगरप्रमुखको विश्व संसद सदस्यता निर्वाचित हुने नेपालका नगरप्रमुख को हुन् ?
(क) बैकुण्ठ न्यौपाने (ख) विद्यासुन्दर शाक्य
(ग) मनकुमार जिसी (घ) राजन पन्त
(क) बैकुण्ठ न्यौपाने, नगरप्रमुखहरुको सम्मेलनबाट सहरी बसाईसराईलाई मानवीय ढंगले व्यवस्थित गर्ने सहरी सुरक्षा र स्वास्थ्य क्षेत्रमा सम्बन्धित संगठन तथा क्षेत्रीय, संगठनहरुसंग समन्वय गरी कार्य गर्ने प्रतिवद्धता गर्दै घोषणापत्र जारी गरिएको थियो ।
३१. वि.सं.२०७५ कात्र्तिक २९—३० सम्म वैदेशिक रोजगारीमा कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं बैठक कुन देशको सहरमा आयोजना भएको थियो ?
(क) भारतको नयाँ दिल्ली (ख) बंगलादेशको ढाका
(ग) नेपालको काठमाडौं (घ) श्रीलंकाको कोलम्बो
(ग) नेपालको काठमाडौं, बैठकमा १२ राष्ट्रका मन्त्रीहरुको सहभागिता थियो । नेपाल सन् २०१७ मार्च २९ देखि कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रको रुपमा रहेका छ ।
३२. सन् २०१८ अक्टोबर २९ मा भुटानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्ति को हुन् ?
(क) तोब्गे छिरिङ (ख) लोटे छिरिङ
(ग) जिग्मे थिन्ले (घ) ल्योन्पो साङ्गे न्गेडुप
(ख) लोटे छिरिङ, उनी डुक ल्यामरुप छोग्पा(डिएनटी) पार्टीका अध्यक्ष हुन् ।
३३. इण्डोनेसियाको लायन एयरको जेटी ६१० को विमान दुर्घटना कहिले भएको थियो ?
(क) सन् २०१८ अक्टोबर २५ (ख) सन् २०१८ अक्टोबर २७
(ग) सन् २०१८ अक्टोबर २९ (घ) सन् २०१८ अक्टोबर ३१
(ग) सन् २०१८ अक्टोबर २९, उक्त दुर्घटनामा १ सय ८९ जना यात्रुको निधन भयो । लायन एयर इन्डोनेसियाको सस्तो मध्येको वायुसेवा कम्पनी हो ।-जनप्रशासन पाक्षिकवाट
News Desk 0 response शुक्रबार, मंसिर ७, २०७५
सम्बन्धित शीर्षकहरु
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने
सोमवार, अशोज २८, २०८१चिकित्साशास्त्रर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई
सोमवार, अशोज २१, २०८१नेपालको राष्ट्रिय फलफूल ‘सुन्तला’ लाई घोषणा गरिने
शुक्रबार, पुस २७, २०८०२०२३ को मिस नेपाल बनिन् श्रीच्छा प्रधान
शनिबार, जेष्ठ १३, २०८०-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१