

-
बुटवल ।
सुरक्षामा सधै चुनौती देखिएको रुपन्देहीमा ०७४÷०७५ मा सुधार देखिएको छ । गत बर्ष साउनमा रुपन्देही प्रहरी प्रमुख भएर एसपी श्याम ज्ञवाली यहाँ आएका थिए । उनले एक बर्षको अवधिमा आफुलाई अब्बल पुलिस अफिसरका रुपमा साबित गराएका छन् । उनले गरेको सुधारका कामको प्रशंशा गर्दै यहाँका बिभिन्न सामाजिक संस्थाले उनलाई सम्मानका साथ बिदाई गरेका छन् ।
एक बर्षको अवधिमा प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका मनोज पुन र सोम आले प्रहरी इन्काउन्टर मारिएका छन् । मनोज पुनको क्राइम कनेक्सनलाइ पनि सम्पूर्ण रुपले रुपन्देही प्रहरीले ध्वस्त पारेको छ । गएको फागुन एघार गते सिद्धार्थनगर नगरपालिका ५ मा बस्ने बर्ष २८ को पिन्टु भनिने हरिस सेठिया माथि गोलि प्रहार भएको घटना होस् वा मायादेबी गाउँपालिका वडा नम्बर दुईका अयुब खानलाई हत्या गर्ने अभियुक्त होस् यहाँको प्रहरी कार्वाहीमा ल्याएको छ ।
बिदाईका बेला ज्ञवालीले भने, ‘एक बर्ष अघि यहाँ सुरक्षामा निक्कै चिन्ता थियो । यही समयभित्र प्रदेश र संघीय संसदको चुनाव गर्नुपर्ने थियो । यसलाई बिस्तारै काबुमा लिन यहाँको प्रहरी सफल भयो ।’ त्यसोत व्यापक चन्दा असुली फिरौती ,लुटपाटका कारण उद्योगी ब्यापारीले निर्वाध रुपमा आफ्नो काम गर्न सकेका थिएनन् ।
राजनीतिक दलहरुलाई पनि गुण्डा नाइके मनोज पुनको टोलीले शृंखलाबद्ध रुपमा आक्रमण गरिरहेका थियो । बिप्लव माओवादीको चुनाव बिरोधि गतिबिधि र सिके राउतका बिखण्डनकारी गतिविधिले यहाँ एक किसिमको त्रास थियो ।
यस्ता खालका घटनाक्रमले शान्ति सुरक्षाको चुनौती निक्कै थियो । नेपाल प्रहरीले दृढताका साथ समन्वय गर्दै काम गरेका कारण पनि आफूहरु सप भएको ज्ञवालीको भनाई छ ।
एक बर्षको अवधिमा रुपन्देही प्रहरीले यहाँका जनतालाई महसुस हुने शान्ति सुरक्षा कायम गर्न सफल भएको स्थानीय ब्यपार िब्यवसायीको पनि भनाई छ ।नेपाल भारतको खुला सिमानाका कारण लागू औषधको अबैध ओसार पसार रोक्नु पनि प्रहरीको दायित्व थियो । यो काममा पनि एक बर्षको अबधि स्तरीय नै देखिएको छ ।
रुपन्देही प्रहरीले सीमामा भारतीय प्रहरी सँग प्रभावकारी समन्वय र जनतासंग हातेमालो गर्दै लागू औषध दुरुपयोग नियन्त्रणका लागि सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ६४ वटा समिति समेत गठन गरेको थियो । जसका कारण यो विकृतिलाई निरुत्साहित गरेको रुपन्देही प्रहरीले जनाएको छ । साथै खुला सिमानाकै कारण मानव बेचबिखनका घटनालाई पनि यहाँको प्रहरीले रोक्न सफल भएको अभिलेख बाट देख्न सकिन्छ ।भारतको बनारस ,गोरखपुरमा सम्पर्क कार्यालय खोलेर नेपालका ग्रामीण इलाकाका युवा युवतीलाई फकाएर नेटवर्किङ्ग धन्दा चलाउने गिरोहका पाँच जनालाई पक्राउ गरेपछि यो काममा पनि गिरावट आएको देखिन्छ । मदिरामा प्रयोग गरिने करोडौ मूल्य बराबरको नक्कली स्टिकर पनि बरामद भएका छन् । यस्ता अभियुक्तलाई अदालतले धरौटी रकममा रिहा गरेपनि अभियुक्तले धरौटी रकम तिर्न नसक्दा रिहा नभएको प्रहरीले जनाएको छ ।
बेलहिया नाकाबाट ठूलो राशिको नगद र एसबी आइ बैंकको तीस लाखको चेक सहित पक्राउ परेका दिपककुमार मल्लिक र धनवन्त कुमार अग्रवाललाई अनुसन्धान र कारवाहीका लागि सम्पति शुद्धिकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको एसपी ज्ञवालीले बताए । रुपन्देही आउनु पूर्व सर्लाही प्रहरी प्रमुख रहेका ज्ञवालीले त्यहाँ पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले निर्बाह गरेको स्थानीयहरु वताउँछन् । अन्य जिल्लाको अनुभवलाइृ पनि प्रयोग गरेर। ज्ञवालीले रुपन्देहीको शान्ति सुरक्षामा निक्कै सुधार गरेका थिए ।-ऋषि भट्टराई
News Desk 0 response आइतवार, साउन २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



