-
राजकुमार पौडेल गाउँपालिका प्रमुख छन् । धेरै संभावना भएको भोेटेकोशी गाउँपालिका प्रमुख भएर जनताको सेवा गर्दा उनीमा निक्कै जोश देखिन्छ । यो अवस्थामा उनले देखे भोगेका धेरै समस्या पनि छन् । ती समस्या समाधानका लागि गरेका पहल पनि धेरै छन् । सिकाई र भोगाईका अनगिन्ती अनुभवलाई उनले जनप्रशासन संग साक्षात्कार गरेका छन् । युवा अवस्थामा राजनीति र समाजसेवा लागेका पौडेलले गाउँको विकासमा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन् । सिन्धुपाल्चोक राजधानी काठमाडौं संग नजिक र मनोरम ठाउँ भएका कारण पनि पर्यटन विकासमा जोड दिनु पर्ने उनको तर्क छ । समग्र सिन्धुपाल्चोक र आफ्नो गाउँपालिकाको बिकास संभावना र समस्याका वारेमा पौडेलको अनुभव यस्तो छ-
सिन्धुपाल्चोक र छिमेकी चीन
भूकम्पपछि नेपाल–चीनको प्रमुख व्यापारिक नाका तातोपानी पूर्ण रुपमा वन्द छ । नेपाल र चीनको संयुक्त विज्ञप्तिमा चिनियाँ पक्षले अरनिको राजमार्ग खोल्न र मर्मत गर्न सहमत भएको यसरी उल्लेख गरेको थियो–‘चिनियाँ पक्षले अरनिको राजमार्ग खोल्ने र मर्मत गर्ने परियोजनाका साथै स्याफ्रुवेंसी–रसुवागढी राजमार्गको मर्मत र सञ्चालनको परियोजनालाई गति दिन सम्भाव्यता अध्ययन गर्न सहमत भएको छ’, संयुक्त विज्ञप्तिको पाँचौ नम्बरको बुँदामा यस्तो भनिएको थियो । संयुक्त विज्ञप्तिमा उल्लेख भएपनि तातोपानी नाका खुल्ने मिति भने तय भएको छैन । चीनले खासा भन्दा केही माथि रहेको न्यालममा भन्सार लगायतका पूर्वाधार राखेर नाका सञ्चालनमा ल्याउन चाहेको छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका वेला हामीले भेटेर तातोपानी नाका खोल्ने प्रस्तावलाई उठाउन आग्रह गरेका थियौ । तर, खासै पहल भएन । यो नाका बन्द भएपछि नेपाल–चीनवीचको कारोबार समेत प्रभावित भएको छ ।
त्यसलगत्तै पुष्पकमल दाहाल प्रधानमन्त्री भएर चीन भ्रमणमा जाँदा पनि यस वारेमा कुरा उठाउन उद्योगी ब्यवसायीले ध्यानाकर्षण गराएका थियौ । तर, समस्या समाधान भएको छैन । अहिले चीनबाट आउने अधिकांश सामान भारतको बाटो हुँदै आइरहेको छ । यसले सिन्धुपाल्चोकको आयआर्जन र विकासमा कमी आएको छ । अनि रसुवागढी नाका खुले पनि ब्यवसायीहरुले निर्वाध रुपमा आवात जावत गर्न पाएका छैनन् । यसले समस्या पारेको छ । रसुवा जिल्लाको मात्र चालकलाई प्रवेश ब्यवस्था मिलाईएका कारण समस्या आएको छ । नेपाल र चीनवीचको झन्डै एक खर्ब रुपैयाँ बराबरको कारोबार भारतीय बाटो हुँदै आइरहेको छ । नेपालबाट निकासी हुने सामान पनि भारतहुँदै लैजानुपर्ने बाध्यता छ । नेपालबाट झन्डै अढाई अर्बको सामान चीन निकासी हुन्छ । यी बिविध महत्वका कारण यो मार्ग र तातोपानी नाका सञ्चालनका लागि तुरुन्त पहल गरिनु पर्छ ।सिन्धुपाल्चोक र संभावना
सिन्धुपाल्चोकमा उद्योग ब्यवसायको मनग्य अवसर छ । चीन र नेपालको ब्यापारिक नाका तातोपानी रहेको यस जिल्लामा ब्यवसायको प्रचुर संभावना रहेको देखिन्छ । तर, अहिले नाकामा आएको समस्याका कारण यहाँका ब्यवसायीहरु बिस्थापित हुनु परेको छ । महाभुकम्प संगै आएको वाढी पहिरोले नाका सडक तथा भौतिक संरचना ध्वस्त भएपछि यहाँको ब्यापार चौपट भएको छ । ब्यापारी बिस्थापित भए संगै ब्यापार ब्यवसाय चौपट भएको हो । यसका लागि भोटेकोशी गाउँपालिकाले पटक पटक ब्यवसायीहरुको समस्या समाधान गर्न प्रयत्न गरेको छ । तर, कुटनीतिक पहलमा कमी हुँदा समस्या समाधान हुन सकेको छैन । ब्यापार ब्यवसाय संगै सिन्धुपाल्चोक अन्य संभावना पनि वोकेको जिल्ला पर्दछ । पर्यटनका हिसावले निक्कै चर्चामा रहेका स्थानहरु यहाँ पर्दछन् । राजधानी काठमाडौंवाट नजिक रहेको कारण पनि यहाँ आन्तरिक तथा वाह्य पर्यटकको गन्तब्यस्थल धेरै रहेका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र १६, २०७४
विकास र पर्यटन
भौगोलिक हिसावले सिन्धुपाल्चोक नमूना पर्यटकीय जिल्ला हो । नेपालको राजधानी काठमाण्डौ र विश्वमै आर्थिक उन्नती गरेको चीनको मूख्य ब्यापारीक नाकासँग जोडिएको यो जिल्ला मनमोहक हिमश्रृंखला प्राकृतिक हरियाली, वन जंगल खोला नाला तथा अन्य विविध ऐतिहासिक तथा साँस्कृतिक सौन्दर्यताले सिंगारिएको छ । यहाँ पर्यटकहरुका लागि सौन्दर्यता र मौलिकता भेटिन्छ । आन्तरिक तथा वाह्य पर्यटकहरुको चाहना कम खर्च र छोटो दूरीमा पाउने एक मात्र जिल्ला हो सिन्धुपाल्चोक । पर्यटकहरुले छोटो पैदल यात्रामै ट्रेकिङ्ग, बन्जीजम्प क्यानोनिङ्ग, स्विङ्ग, हिडन क्यानोइङ्ग, हाई रोप्स् एक्सपिडिसन टूर, प्रोगामर क्लाइम्बिङ्ग, एड्भाञ्चर टूर, र्याफ्टिङ्ग कायाकिङ्ग, रक क्लाइम्बिङ्ग तथा पर्यटन खेलहरुको रोमाञ्चक अनुभूति संगाल्न सकिन्छ । यस जिल्लालाई प्रकृतिले अतुलनीय सम्पत्ति प्रदान गरेको छ अब यसलाई नगदमा बदल्नु पर्छ । नेपालकै पुरानो तथा चर्चित गन्तब्य हेलम्बू यही पर्दछ । विश्वको सिमसार कुण्डहरुमध्ये नवांै स्थानमा पर्ने पाँचपोखरी र भैरबकुण्ड लगायत दर्जनौ कुण्डहरु यहाँका सम्पति हुन् । यी सम्पदालाई आम्दानीको स्रोत वनाउन सके जिल्लाको आयस्रोतमा नै बृद्धि हुने निश्चित छ । एशियाकै गहिरो बन्जी जम्प, राफ्टिङका लागि उत्कृष्ट नदीहरुमध्ये विश्वकै दशौं स्थानमा पर्ने भोटेकोशीले पनि पर्यटक तान्न सक्छन् । अबिरल बग्ने इन्द्रावती र जुगल हिमालबाट बग्ने ब्रम्हायणी नदीले जलबिद्युत्को क्षेत्रमा धेरै योगदान गर्न सक्छन् । यस तर्फ उद्योगी ब्यवसायीको नजर जानु आवश्यक छ । ह्योल्मो, शेर्पा, नेवार लगायत बिभिन्न जातिको भेषभूषा धर्मकला सँस्कृति र जीवनशैली यहाँ छन् । नेपालकै सबैभन्दा धैरै बुद्धिष्ट गुम्बाहरु, गौरती, पाल्चोक र लिस्तीमाई लगायतका दर्जनौ मठमन्दिरले पनि पर्यटन ब्यवसायलाई ठूलो सहयोग गर्न सक्छन् । चीनसँगको ब्यापारीक नाकामा पर्ने तातोपानी धारा नेपाल तिब्बत बिच युद्ध क्रममा निर्माण गरिएको दुगुनागढी पर्यटक आकर्षण गर्ने सम्पती हुन् ।
जडिबुटीमा अव्वल मानिने यार्सागुन्वू लगायत धेरै प्रजातिको जडिबुटी यही पाईन्छ । धेरै जातिका चराचुरुङ्गीको वासस्थान पनि यही रहेका बिभिन्न अभिलेखहरु पाईन्छ । यसलाई पनि ब्यवासायीक रुपमा बिकास गर्न सके आम्दानीको स्रोत बढ्ने निश्चित छ । र,यहाँका वासिन्दालाई रोजगारीको ब्यवस्था पनि गर्न पाईन्छ । उद्योग ब्यवसाय देश र जनताको आर्थिक मेरुदण्ड नै हो । यसले बैदेशिक मुद्रा आर्जनमा पनि सहयोग पुर्याउँछ । साथै, रोजगारीको अवसर पनि प्रदान गर्दछ । जिल्लाको सर्वाङ्गिण विकासमा योगदान गर्ने यस प्रकारका योजनाहरु यथाशक्य छिटो सुरु गर्नु आवश्यक छ ।
अन्य संभावना
अन्य उद्योग ब्यवसाय पनि सञ्चालन गर्ने धेरै अवसरहरु यहाँ छन् । यसलाई एउटा वृहत गुरु योजना निर्माण गर्नु आवश्यक छ । राजधानी काठमाडौं नजिक भएका कारण पनि वजारका लागि यहाँ उत्पादित सामानका लागि खासै समस्या पर्दैन । त्यसकारण पनि यहाँ पशुपालन र आधुनिक कृषि प्रणाली अंगिकार गर्ने हो भने धेरै आम्दानी गर्न सकिन्छ । यस तर्फ पनि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले योजना निर्माण गर्नु आवश्यक छ । आगामी नेतृत्वले यस तर्फ चासो दिने हो भने नवीन काम वाट अर्थोपार्जनमा टेवा पुग्ने निश्चित छ ।
जनप्रतिनिधि र कर्मचारी
जनप्रतिनिधि र कर्मचारी बीचको सम्वन्ध अत्यन्त सुमधुर हुनु आवश्यक छ । यदी त्यसो भएन भने विकासका काममा पनि समस्या आउँछ । बिगतमा कर्मचारीलेमात्र स्थानीय निकायमा काम गरिरहेका कारण केही समस्या देखिन्छ । दशौं वर्षसम्म गर्दै आएको काममा जनप्रतिनिधि आएपछि एक किसिमको ईश्र्या भाव कर्मचारीमा देखिनु स्वाभाविक हो । सुरु सुरुमा यस्तो अवस्था देखिएपनि बिस्तारै उनीहरु सामान्य अवस्थामा आएको देखिन्छ । हुन त नीति नियममा नै जनप्रतिनिधि र कर्मचारीको कामको परिभाषा भएका कारण पनि काममा समस्या हुँदैन । केही कर्मचारी साथीहरुमा दलीय भावना पनि देखिन्छ । सरकारी सेवामा प्रवेश गरेपछि आफ्नो दलीय पहिचान छोड्नु पर्छ । त्यसो भएन भने देश र कर्मचारी कसैको पनि भलो हुँदैन । यसले जनप्रतिनिधि र कर्मचारी कसैलाई पनि भलो गर्दैन । स्पष्ट भन्नुपर्दा सरकारी कर्मचारीले राजनीति गर्नुहुन्न । हुन त यो खुल्ला समाजमा विचारविहिन मानिस भेट्न सकिन्न । त्यसमा पनि स्कुल कलेज पढ्ने वेलामा नै कुनै दलको भातृ संगठनमा आवद्ध हुने चलन जस्तै भएको हाम्रो देशमा दलमा आवद्ध नभएको मानिस भेट्न मुश्किल छ । त्यही समाज वाट नै कर्मचारी आउने कारण पनि राजनीति वाहेकका मान्छे पाउन गाह्रो हुन्छ । तर, सरकारी सेवामा प्रवेश गरेपछि भने राजनीतिक गन्ध आउने वातावरणलाई निर्मूल नै पार्नु पर्छ ।
सम्बन्धित शीर्षकहरु
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमण गर्दै
मङ्लबार, मंसिर ४, २०८१चीनको चिकित्सा उपकरण बजार एक दशमलव २७ ट्रिलियन यूआन पुग्यो
शनिबार, चैत्र १७, २०८०युवा व्यवसायी गुभाजू उद्योग वाणिज्य संघमा सदस्यको उम्मेदवार
बुधबार, चैत्र ७, २०८०भारतमा पनि किसान आन्दोलन, किसानलाई रोक्न ठाउँठाउँमा ब्यारिकेड
मङ्लबार, फाल्गुन १, २०८०-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१