

-
काठमाडौं । तीन बर्ष पहिला राजीनामा दिएका नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य वरालको नजर ३० लाख नगदमा परेको छ । बरालले २०७१ चैत १५ मा राजीनामा दिएका थिए । उनको राजीनामा १६ चैतमा स्वीकृत भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा सुवास निरौलासहितको टोलीलाई विशेष अदालतमा मुद्दा दायर गर्दा वराल पनि परेका थिए ।
२०७१ चैत २८ मा मुद्दा परेको थियो । मुद्दाबाट बच्न पहिला नै राजीनामा दिए पनि बराल उम्किन सकेनन् । तर, गत फागुनको पहिलो हप्ता विशेष अदालतबाट सफाइ पाएपछि राजीनामा फिर्ता गराउन लागेका बरालले खासमा बोर्डबाट पाउने ३० लाख नगदमा नजर डुलाएका छन् । त्यो ३० लाख भनेको कथम्कदाचित उनेको स्वीकृत भएको राजीनामा फिर्ता भएको अवस्थामा यो तीन बर्षको तलब सुविधाबाट प्राप्त हुने रकम हो ।
खासमा तत्कालीन निमित्त सीईओ नन्दिनी थापाले बरालको राजीनामा स्वीकृत गरेकी थिइन । तर, अहिले निरन्तर राजीनामा फिर्ता गराउन लागेका बरालले सीईओ दीपकराज जोशीलाई पनि दबाब दिइहरेका छन् । बराल जनसम्र्पक तथा प्रकाशन महाशाखाको निर्देशक पदमा हुदो अहिलेका सीईओ जोशी उनको मातहतमा वरिष्ठ अधिकृतको रुपमा काम गर्दथे । सोही प्रभावका कारण अहिले बरालले दबाब बढाएका छन् तर जोशी बराललाई हाजिर गराउने पक्षमा छैनन् ।
सोही कारण जोशीलाई राय बुझ्ने भन्दै पर्यटन मन्त्रालयमा टिप्पणी पठाएका छन् । मन्त्रालयले राय दिएपछि बरालको राजीनामा के गर्ने भन्ने विषयमा निर्णय हुने बोर्डका कर्मचारीको भनाइ छ । तर, वरालको स्वीकृत भएको राजीनामा फिर्ता गरी हाजिर गराउने संभावना भने छैन । बरु आलटाल गरी टाने मनसायमा सीईओ जोशी रहेका छन् । बराललाई हाजिर गराएको भोलिपल्ट कानुनी प्रश्न उठ्ने संकेत पाएपछि जोशी पछि हटेका हुन ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



