

-
काठमाडौं । पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता कर्ण शाक्यले यो देशको नेता कस्तो हुनुपर्छ भन्ने विषयमा एक पुस्तिका प्रकाशित गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता गगन थापा तथा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रुपमा विमोचन गरेको सो पुस्तिकामा नेतृत्वको व्यक्तित्व, आचरण र व्यवहार, मानसिकता, अध्ययन र उद्यमशिलता जस्ता विषयमा १०१ बुँदागत सल्लाह र सुझाव दिइएको छ ।आफूले जनताको प्रतिनिधि हुन्छु भनेर अघि बढेको र साधारण मानिसमा स्वतः हुने लोभ, लालच र आफ्नोप्रतिको आशक्ति छोड्ने प्रण गरेर अघि बढेको हुनाले नेतामा हुनुपर्ने गुण आफूले ग्रहण गर्ने र अरु नेताले पनि ग्रहण गर्नुपर्छ भन्ने आसय नेता गगन थापाले व्यक्त गरे ।
थापाले नेताले राम्रो व्यवहार नगरी जनताबाट मात्र राम्रो व्यवहार आशा गर्नु नहुने कुरामा पनि जोड दिए । सबै जनताले आफूले राम्रो गरेको खण्डमा देश आफै राम्रो हुने पनि बताए ।
एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले हाम्रो समाजमा आडम्बर प्रदर्शन गर्ने काम बन्द गर्न अत्यन्त जरुरी भएको बताईन । पुस्तिकामा लेखिएको, ‘नेता एउटा खुला किताब भएको र उसले आफ्नो खुसीले बाँच्न पाउँदैन,’ भन्ने विषयमा शाक्यले समर्थन जनाइन् ।
आफ्नो जन्मदिनको अवसरमा बोल्दै कर्ण शाक्यले आफूले शारिरीक रुपमा सशक्त हुन्जेल कुनै न कुनै रुपमा सकारात्मक सोचको विस्तार गरिरहने बताए । अहिलेसम्म ८४ वटा सकारात्मक सोच समूहको गठन भइसकेको पनि बताए । यस्तो समूहले समाजका समारात्मकताको विषयमा छलफल गर्ने र एक अर्कालाई उर्जा प्रदान गर्ने काम गर्दछ ।
यस्ता सबै काम शाक्य आफैले सुरु गरेको कर्ण सकारात्मक कोषले गर्दै आएको छ । आफूले अहिलेसम्म कसैको एक पैसा पनि नखाएको, जमिन एक ईन्च पनि नओगटेको र अरु केही पनि गलत कार्य नगरेको बताउँदै जीवन रहुन्जेलसम्म समाजलाई सहयोग गर्ने बताए ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



