

-
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट ‘बेचबिखन’ भएको मुद्दा चर्को रुपमा उठेको छ । पौडेल पक्षीय र पार्टी सुदृढीकरणको अभियानमा लागेका युवा नेताको समुहमा आवद्ध केन्द्रीय सदस्यहरुले निर्वाचनमा टिकट ‘बेचबिखन’ भएको दाबी गर्दै नेतृत्वको आलोचना गरेका छन् ।
उनीहरुले निर्वाचनको समयमा पैसाको चलखेल गरेर उमेदवार बनाइएको दाबी गर्दै न्यायिक समिति गठन गरेर छानविन गर्नुपर्ने माग गरेका छन् ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको समीक्षा बैठकमा पार्टी सुदृढीकरणको अभियानमा लागेका युवा नेतामध्येका एक धनराज गुरुङ र डा. रामशरण महतले समिति गठन गरेर टिकट वितरणमा भएको अनियमितता छानविन गर्नुपर्ने माग गरेका हुन् ।
‘‘टिकट वितरणमा कमजोरी भएको छ । कुनै ठाउँमा त लिलाम बिक्री भएको जस्तो सुनिन्छ । छानविन समिति गठन गरेर त्यसको छानविन हुनुपर्छ,’’ केन्द्रीय सदस्य गुरुङले समीक्षा बैठकमा भने ।
कांग्रेसलाई सुधारेर लैजान पार्टीमा सदाचारिता अपरिहार्य रहेको उनको भनाई थियो । ‘‘अब सदाचारिताको बाटो अपनाउनुपर्दछ । नेताहरु सदाचारी बन्नुपर्छ, भ्रष्टाचारी बन्नुहुँदैन,” बैठकमा केन्द्रीय सदस्य गुरुङले भने ।
त्यस्तै पूर्वअर्थमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य डा. महतले पनि टिकट वितरणमा आर्थिक अनियमितता भएको दाबी गर्दै छानविन आवश्यक रहेको बताए ।
‘‘डा. महतले पनि टिकट वितरणमा आर्थिक चलखेल भएको आशंका गर्दै छानविन हुनुपर्ने कुरा बैठकमा राख्नुभएको छ,” डा. महतको भनाई उद्धृत गर्दै एक नेताले भने ।
सोमबारको बैठकमा पनि केन्द्रीय सदस्य बलबहादुर केसीले आर्थिक लेनदेनको आधारमा टिकट वितरण गरिएको बताएका थिए । ‘‘उहाँले आर्थिक चलखेल गरेर भएको टिकट वितरणमा सभापतिको नाम त जोड्नुभएको होईन,” बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘‘तर यसरी टिकट वितरण गर्नुमा ‘भाउजु’ को हात छ भन्ने सुन्नमा आएको कुरा राख्नुभएको थियो ।”
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



