अन्तर्राष्ट्रिय

पाकिस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १९६ पुग्यो

बालुचिस्तान : पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ। योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ। मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने...

पुल भत्किएपछि खेरसनमा रूसी सेना फसेको युक्रेनको दाबी

युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइ भएको छ । रुसी सेनाले युक्रेनमाथि आक्रमणको सुरुवातमा डेनिप्रोको दक्षिणी सहर खेरसन कब्जा गरेको...

साठी वर्षीय वृद्धको छुरा प्रहार गरी हत्या

इस्लामाबाद : पाकिस्तानमा अहमदिया समुदायमा लगातार लक्षित हत्या भइरेहको छ । यसैबीच पञ्जाब प्रान्तको चेनाबनगर शहरमा अहमदिया समुदायका एक ६० वर्षीय व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरिएको छ । हत्या गरिएका नसीर अहमद र...

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकाय यूएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् ९एनआरसी० का अनुसार ७ लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो...

भारतीय प्रधानमन्त्री मोदिको सम्पति २६ लाख भारुले बढ्यो

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सम्पति एक वर्षमा २६ लाख रुपैयाँले बढेको छ । गत मार्च ३१ तारिकसम्म प्रधानमन्त्री मोदिसँग कुल सम्पति २ करोड २३ लाख भारतीय रुपैयाँ (भारु) भन्दा बढी सम्पति...

ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू

काठमाडौं : युरोपेली संघ (ईयू)को ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुँदैछ । युक्रेन र रुसको युद्धका कारण उत्पन्न ऊर्जा संकटको सामना गर्न आजदेखि ईयूमा आवद्ध देशहरुले १५ प्रतिशतले ग्यास खपत...