

-
बालुचिस्तान : पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ।
योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ। मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन्। त्यसैगरी ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ।
वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेको छ। बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।
प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरु पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ। बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो। बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन्। ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरुको भनाइ छ।
बाढी पहिरोले मानिसहरु बस्ने घरहरुमा पनि ठूलो क्षति पुर्याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन्। उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ। स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ। त्यसैगरी अन्य ठाउँमा अरु २०० घर क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन्।
News Desk 0 response सोमवार, साउन ३०, २०७९

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


