

-
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सम्पति एक वर्षमा २६ लाख रुपैयाँले बढेको छ । गत मार्च ३१ तारिकसम्म प्रधानमन्त्री मोदिसँग कुल सम्पति २ करोड २३ लाख भारतीय रुपैयाँ (भारु) भन्दा बढी सम्पति रहेको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक पछिल्लो सम्पति विवरणमा उल्लेख छ ।
मोदिसँग अधिकांश सम्पति बैंक निक्षेपको रुपमा रहेको छ । गान्धीनगरमा रहेको एक टुक्रा जग्गामा रहेको आफ्नो हिस्सासमेत दान गरेका कारण मोदिसँग अचल सम्पति भने नरहेको भारतीय सञ्चार माध्यम इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
सन् २०२१ को मार्च ३१ मा रहेको १।१ करोड बराबरको अचल सम्पति भने हाल नरहेको उल्लेख छ । गत मार्च अन्तिममा मोदिसँग ३५ हजार २५० भारतीय रुपैयाँ नगदको रुपमा रहेको थियो । मोदिसँग १ लाख ८९ हजार भारु बराबरको इन्सुरेन्स पोलिसिसमेत रहेको छ । मोदिले कुनैपनि बन्ड, सेयर वा म्युचुअल फन्डहरुमा लगानी गरेका छैनन् । उनको नाममा कुनै पनि सवारी साधन छैन । तर १ लाख ७३ हजार रुपैयाँ भारु बराबरको ४ वटा सुनको औंठी रहेको मोदिको पछिल्लो सम्पति विवरणमा उल्लेख छ ।
News Desk 0 response बुधबार, साउन २५, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


