समाचार

रवि लामिछानेविरुद्द पक्राउ पुर्जी जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्द पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं...

इजरायली आक्रमणमा हमासका प्रमुख मारिएको पुष्टि

इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको जनाएको हो । यसबारे हमासको आधिकारिक प्रतिक्रिया...

बन्दीपुरको अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

तनहुँ : तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको...

मौसममा बदलीसँगै प्रदुषण बढ्यो, तापक्रम घट्यो

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि बदली भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बदली हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर पश्चिमी वायुको...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन : चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा...

सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया शुरू गर्न तीन दल सहमत

काठमाडौं : प्रमुख तीन दल सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलका शीर्ष...