

-
काठमाडौँ ।एक्सट्रिम र म्याक्स टाइगरजस्ता पेय पदार्थको गुणस्तर, क्याफिनको मात्रामा प्रश्न उठ्दा पनि सरकारी निकायको प्रभावकारी हस्तक्षेप देखिएको छैन । उल्टो उनीहरुले बिभिन्न स्थानमा बिज्ञापनको नाममा करोडौँ खर्च गरेर पानीमाथिको ओभानो बनिरहेका छन् ।
क्षणिक ऊर्जा र स्वादको नाममा बजारमा बिक्री भइरहेका इनर्जी ड्रिङ्क्सले उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको छ । तर यस्ता उत्पादनको गुणस्तर, रासायनिक संरचना, क्याफिनको मात्रा र स्वास्थ्यमा पर्ने असरबारे नियमन गर्नुपर्ने सरकारी निकाय भने प्रभावकारी भूमिकामा देखिएका छैनन् ।
थाइ फुड्सले उत्पादन तथा बजारमा बिक्री वितरण गर्दै आएका एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको विषय अहिले विवादको घेरामा परेको छ । कम्पनीले विज्ञापन खर्चका नाममा हुने कर कट्टी सुविधाको दुरुपयोग गरी ठूलो परिमाणमा कर छली गरेको आशंकासहित विभिन्न सरकारी निकायमा उजुरी परेको छ । तर ती उजुरीमाथि के कस्तो अनुसन्धान भयो भन्ने विषय सार्वजनिक भएको छैन ।
कर छलीको आशंकादेखि जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरसमेत जोडिएको विषयमा सम्बन्धित निकायले अनुसन्धान र अनुगमनलाई प्राथमिकता दिनुपर्ने हो । तर उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा अन्य नियमनकारी निकायको प्रभावकारी सक्रियता नदेखिँदा बजारमा प्रश्न उठिरहेको छ । त्यसोत विभागको प्रमुख नै उनीहरुको चाहनमा नियुक्ति भएका छन् ।
क्याफिन र चिनीको अत्यधिक प्रयोगले स्वास्थ्यमा जोखिमजनस्वास्थ्य विज्ञहरूका अनुसार इनर्जी ड्रिङ्क्समा प्रयोग हुने क्याफिन, चिनी तथा अन्य उत्तेजक पदार्थको मात्रा बढी भएमा मानव स्वास्थ्यमा विभिन्न प्रकारका प्रतिकूल असर पार्छन् । बालबालिका र किशोरकिशोरीका लागि यस्ता पेय पदार्थको अनियन्त्रित सेवन जोखिमपूर्ण मानिन्छ ।
अत्यधिक क्याफिन सेवनले मुटुको धड्कन असामान्य बनाउने, रक्तचाप बढाउने, निद्रा प्रभावित गर्ने, बेचैनी, चिडचिडापन, हातखुट्टा काँप्ने, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या निम्त्याउने हुन्छ ।
त्यस्तै, चिनीको मात्रा बढी भएका पेय पदार्थको नियमित सेवनले मोटोपना, मधुमेह तथा दाँतसम्बन्धी समस्या बढाउने जोखिम रहन्छ । केही अवस्थामा अत्यधिक सेवनले मुटु र मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिको स्वास्थ्यमा थप असर पार्न थाल्छ ।
इनर्जी ड्रिङ्क्समा प्रयोग हुने क्याफिन र टाउरिनजस्ता तत्वले स्नायु प्रणालीमा उत्तेजक प्रभाव पार्छ । त्यसैले यस्ता उत्पादनको वास्तविक रासायनिक संरचना, क्याफिनको मात्रा, चिनीको प्रतिशत र खाद्य सुरक्षा मापदण्डको पालना भए–नभएको विषय प्रयोगशालाबाट परीक्षण हुन आवश्यक छ ।
विशेषगरी बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरी गरिने विज्ञापन र बजार प्रवद्र्धनले थप जोखिम निम्त्याउन सक्ने भएकाले यसमा नियमनकारी निकायको ध्यान जानुपर्ने देखिन्छ ।
एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको उत्पादन तथा बिक्रीसँगै कम्पनीको कर व्यवस्थापनसम्बन्धी विषय पनि प्रश्नको घेरामा छ । विज्ञापन खर्चका नाममा प्राप्त हुने कर कट्टी सुविधाको दुरुपयोग गरी ठूलो परिमाणमा कर छली गरिएको आशंकासहित विभिन्न सरकारी निकायमा उजुरी पुगेको छ ।
उत्पादक समूहको पुरानो व्यावसायिक पृष्ठभूमिमाथि पनि प्रश्न
दशकअघि संघाई समूहसँग सम्बन्धित आर्या फर्मामार्फत औषधिको आवरणमा लागूऔषध कारोबार भएको आशंकामा प्रहरी अनुसन्धान अघि बढेको थियो ।
उक्त प्रकरणमा रतनलाल संघाई पक्राउ परेको र उनका भाइ पवनकुमार संघाईको समेत प्रहरीले खोजी गरेको विवरण सार्वजनिक भएको थयो । त्यसबेला कम्पनीको कारोबार तथा बैंक खातासमेत रोक्का भएको थियो ।
त्यस्तै, उक्त समूहसँग सम्बन्धित व्यवसायी तथा साझेदारहरूलाई बैंकले कर्जा भुक्तानीका लागि सार्वजनिक रूपमा ताकेता गरेको पनि थियो ।उक्त समूहले पछि पाटन औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गरी इनर्जी ड्रिङ्क्स उत्पादन सुरु गरेको हो ।
त्यस्तै, आर्या कम्पनीबाट उत्पादित औषधिमा प्रयोग हुने बेन्जोइक एसिड र सोर्बिक एसिडजस्ता रासायनिक पदार्थको प्रयोगलाई लिएर पनि प्रश्न उठेको छ ।
उक्त व्यावसायिक समूहले बाढीपीडितको नाममा स्थापित प्रधानमन्त्री राहत कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन् । त्यसकारण पनि प्रधानमन्त्री पनि भुप भएका हुन् ।नियमनकारी निकायको परीक्षा
इनर्जी ड्रिङ्क्सको विषय अब सामान्य व्यावसायिक प्रतिस्पर्धा वा विज्ञापनको विषय मात्र रहेन । यो उपभोक्ता अधिकार, खाद्य सुरक्षा, राजस्व प्रशासन र राज्यको नियामकीय क्षमतासँग जोडिएको विषय बनेको छ ।
उपभोक्ता हित संरक्षण विभागले बजारमा बिक्री भइरहेका उत्पादनको उपभोक्ता अधिकारसम्बन्धी पक्षबाट अनुगमन गर्नुपर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादनको नमुना संकलन गरी क्याफिन, चिनी, रासायनिक पदार्थ र अन्य खाद्य मापदण्ड परीक्षण गर्नुपर्छ । आन्तरिक राजस्व विभागले विज्ञापन खर्चका नाममा भएको कर कट्टीको वैधता परीक्षण गर्नुपर्छ । आवश्यक परे राजस्व अनुसन्धान निकायले पनि अनुसन्धान अघि बढाउनुपर्छ । त्यसोत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख नै अखाद्य पदार्थ उत्पादन गर्ने कम्पनीले लगानी गरेर लगेको चर्चा छ ।
News Desk 0 response सोमवार, मंसिर १, २०८३

सम्बन्धित शीर्षकहरु
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


