समाचार

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

ढाका : बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो। उनी विगत २०...

६४ दलले समानुपातिकतर्फको बन्दसूची बुझाए : निर्वाचन आयोगमा रातभर चहलपहल

काठमाडौं : आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको सबै अर्थात् १...

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरी : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय प्रणाली सुधारका साथै महँगो निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सोमबार जनकपुरधाममा पार्टीको मधेस प्रदेश समितिले आयोजना गरेको...

कुलमान रास्वपाका उपसभापतिसहित दोस्रो वरीयताको नेता !

काठमाडौं : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ । घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका छन् । १६...

स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो स् प्रतिवेदन

सन् २०२५ मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ । क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर १५ सम्ममा राखेको तथ्याङ्क अनुसार तीन हजार ९० जना...